प्रकाशित मिति : शनिबार, पुस २५, २०७७
काठमाडौं। गत सोमबार पत्नी सीता दाहालको उपचारका लागि भारत गएका विवादित नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) शनिबार स्वदेश फर्कंदैछन्। दाहाल छोरी रेणुका साथ शनिबार दिउँसो नेपाल फर्कन लागेका हुन्।
पूर्व प्रधानमन्त्री दाहाल गत सोमबार पत्नी सीता दाहालको उपचारका लागि भारतको मुम्बई गएका थिए। सीताको उपचारका लागि दाहालसँगै छोरीहरु रेणु र गंगा पनि मुम्बई गएका थिए।
सीता विगत लामो समयदेखि वंशानुगत पार्किन्सन जस्तो देखिने रोगबाट पीडित छिन्। उनको हाल मुम्बईकै न्यूरोजेन ब्रेन एण्ड स्पाइन इन्स्टिच्युटमा उपचार चलिरहेको छ। पारिवारिक स्रोतका अनुसार बिहीबार सीताको स्टेम ट्रान्सप्लान्ट गरिएको थियो। हाल उनको स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij