प्रकाशित मिति : मङ्लबार, पुस २८, २०७७
काठमाडौं । आधुनिक नेपालको निर्माण गर्ने बडामहाराजधिराज पृथ्वीनारायण शाहको जन्म दिन तथा राष्ट्रिय एकता दिवस काठमाडौं लगायत देशभर पृथ्वीनारायणको योगदानको सम्झना गरी मनाईएको छ ।
२९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह समितिको आयोजनामा शान्ति वाटिकामा भेलाइ भइ सिंहदरबारको पश्चिमगेटमा अवस्थित पृथ्वीनारायण शाहको शालिका माल्यार्पण गरेका थिए।
समारोह समितिमा पूर्व डिआइजी रमेश खरेल, अभिनेत्री मनिषा कोइराला लगायतका सामाजिक अभियान्ताहरुको उपस्थति रहेको छ। नेपाल एकीकरण गरेर राज्य र पहिचान दिने पृथ्वीनारायण शाहको जन्मदिनमा पर्ने राष्ट्रिय एकता दिवस नमनाइएको र उक्त दिनमा सरकारले विदा पनि नदिएको भन्दै अभियान्ताहरुले सरकारको आलोचना समेत गरेका थिए।
आधुनिक नेपालका निर्माणकर्ता पृथ्वीनारायण शाहको १७७९ पुष २७ गते गोरखा दरवारमा भएको थियो। २० वर्षको उमेरमा राजा भएका शाहले तत्कालिन वाईसे चौबिसे राज्यमा विभाजन भएको नेपाललाई एकीकरण गरेका थिए।
मकवानपुरकी राजकुमारीसँग विवाह गरेका शाहले नुवाकोट र किर्तिपुरमा एक भन्दा बढी युद्ध गरेर जित हासिल गरेका थिए। उनको ५२ वर्षको उमेरमा मृत्यु भएपछि नेपालको एकीकरण यात्रा उनका पनाति गिर्वाणयुद्ध विक्रम शाहको पालामा समाप्त भएको थियो। एकीकरण अभियान करिव ७० वर्षसम्म चलेको थियो।
२००७ सालको प्रजातन्त्रपछि योगी नरहरीनाथले नेपालमा राष्ट्रपिता पृथ्बीनारायण शाहको जन्मोत्सव मनाउनु पर्छ भनेर प्रकृया शुरू गरेका थिए। २००९ सालदेखि योगी नरहरिनाथले सरकारसँग समन्वय गरेर एउटा समारोह समिति गठन गरी आफै त्यो समितिमा बसेर राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्तीको रूपमा मनाउन प्रारम्भ गरेका हुन।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij