प्रकाशित मिति : मङ्लबार, पुस २८, २०७७
काठमाडौं। आफ्नै छात्रालाई जथाभावी अश्लिल म्यासेज पठाएको आरोपमा प्रहरीले रत्नराज्य लक्ष्मी क्याम्पसका प्राध्यापक विष्णुप्रसाद आचार्यलाई पक्राउ गरेको छ।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहका अनुसार पीडित छात्रले आइतबार आफूलाई सामाजिक संजालमार्फत अश्लिल म्यासेज पठाएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा प्रहरीले प्राध्यापक आचार्यलाई क्याम्पस परिसरबाटै पक्राउ गरेको हो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij