आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

संवैधानिक इजलाशः हरिकृष्ण कार्की गए, सपना प्रधान मल्ल आए

  • प्रकाशित मिति : बुधबार, पुस २९, २०७७



  • काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेको मुद्दा सुनुवाईका लागि गठन गरेको संवैधानिक इजलाशमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले सपना प्रधान मल्ललाई सामेल गराउनुभएको छ ।

    यसअघि उक्त इजलाशमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीमाथि ‘स्वार्थ बाझिने’ भन्दै वरिष्ठ अधिवक्ताहरुले प्रश्न उठाएपछि ‘मुद्दा नहेर्ने’ भन्दै कार्कीले इजलाश छाड्नुभएको थियो ।

    कार्कीले इजलाश छाडेपछि रिक्त रहेको स्थानमा बुधबार प्रधानन्यायाधीश राणाले प्रधानलाई सहभागी गराउनुभएको हो ।

    प्रधानन्यायाधीश राणाले तोकेको इजलाशमा प्रधानन्यायाधीश राणा आफै, सपना प्रधान मल्ल, विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी हुनुहुन्छ ।

    पुस ५ गते प्रधानमन्त्री केपी ओलीको सिफारिशमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको संवैधानिक इजलाशमा सुनुवाई भइरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij