आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

उखु किसानले भुक्तानी पाउन थाले

  • प्रकाशित मिति : शनिबार, माघ ३, २०७७



  • सर्लाही । जिल्लाका उखु किसानले बिक्रि गरेको उखुको भुक्तानी पाउन थालेका छन् ।

    सर्लाहीको हरिवनमा सञ्चालित इन्दुशंकर चिनी मिलले गत वर्षको मूल्यलाई आधार मानेर किसानलाई यस वर्ष भुक्तानी दिन सुरु गरेको हो । गत पुष १५ गतेसम्मको उखु खरिद बापतको करिब १२ करोड रुपैयाँ भुक्तानी भइसकेको उद्योगका वरिष्ठ प्रशासकीय अधिकृत ठाकुर नेपालले जानकारी दिनुभयो ।

    उहाँले सरकारले तोकेको मूल्य भन्दा अहिले भुक्तानी गरिएको मूल्य कम हुन आए पछि थप रकम उपलब्ध गराइने समेत बताउनुभयो । गत वर्ष पुष ६ गतेबाट सञ्चालनमा आएको मिलले माघ २ गतेसम्म करिब सात लाख १६ हजार दुई सय क्विन्टल उखु क्रसिङ गरिसकेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij