आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जर्मनी कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान

  • प्रकाशित मिति : शनिबार, माघ ३, २०७७



  • काठमाडौं । ठूला जलविद्युत् आयोजनाको निर्माण, सञ्चालन र मर्मतसम्भारका लागि आवश्यक जनशक्ति तयार गर्ने उद्देश्यका साथ स्थापना गरिएको जर्मन प्राविधिक शिक्षालयलाई जर्मनीको एक संस्थाले विभिन्न उपकरणहरु प्रदान गरेको छ । जर्मनीस्थित स्टेल्वा हाइड्रो कम्पनीले धादिङको धुनिवेंशी नगरपालिकामा स्थापना गरेको सो शिक्षालयलाई झण्डै रु ५० लाख मूल्य बराबरको अत्याधुनिक खालका टर्वाइन र अटोमेशन उपकरण प्रदान गरेको हो ।

    शेषकान्त फाउण्डेशनद्वारा सञ्चालित सो शिक्षालयमा दक्ष प्राविधिकसम्बन्धी तालीम लिनेहरुका लागि ती उपकरणहरुबाट व्यावहारिक ज्ञान हासिल गर्न सहयोग पुग्ने सो कम्पनीका प्राविधिक निर्देशक पवन ढकालले बताए। विदेशमा सिकेको ज्ञान र पूँजी स्वदेशमै लगानी गर्ने उद्देश्यले आफू कार्यरत कम्पनीमार्फत सन् २०१५ देखि नै धादिङ जिल्लामा विभिन्न शैक्षिक क्रियाकलाप सञ्चालन गर्दै आएको उनको भनाइ छ ।

    सो शिक्षालयबाट एक व्याच(समूह) उत्तीर्ण भैसकेका छन् भने कोभिड–१९ का कारण केही ढिलाइ भएपनि आगामी वैशाखदेखि अर्को समूहको तालीम शुरु गरिने फाउण्डेशनका अध्यक्ष विश्वश्वरप्रसाद ढकालले जानकारी दिए । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए) को नेपालमा व्यावसायिक शिक्षा प्रवद्र्धन गर्ने अभियानअन्र्तगत नेपाल स्वतन्त्र विद्युत् उत्पादक सङ्घ(इपान)सँगको सहकार्यमा तालीम सञ्चालन गरिने उनले बताए ।

    जर्मनीस्थित फ्यूचर फर नेपाल नामक संस्थामार्फत सङ्कलित रकमबाट सो नगरपालिकाका विभिन्न तीन स्थानमा सौर्य खानेपानी आयोजना सम्पन्न भैसकेको सो संस्थाका निर्देशकसमेत रहेका ढकालले जानकारी दिए। उनका अनुसार रु चार करोड ६० लाखको लागतमा शिक्षालयमा ४० जना विद्यार्थी बस्न मिल्ने होस्टल र १८ कोठा भएको अलग्गै विद्यालय भवन निर्माण भएको छ भने नेपालमै सस्तो, किफायती र सुरक्षित प्रिफाइभ ढाँचाका घरहरु निर्माण गर्न आवश्यक उपकरण र दक्ष जनशक्ति तयार गर्न एक जर्मनी कम्पनीसँग सहकार्य गरिएको छ । यस्तै जर्मनीको युनिभर्सिटी अफ वाडेन वेटनवर्गसँग विद्यार्थी आदानप्रदान गर्नेसम्बन्धी सहमति पनि भएको उनले उल्लेख गरे। रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij