शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

दुई आमाको गर्भमा बसेर जन्मियो बच्चा, कसरी भयो यस्तो चमत्कार ?

  • प्रकाशित मिति : आइतवार, माघ ४, २०७७



  • चिकित्साको क्षेत्रमा विश्वमा निकै ठूलो प्रगति भैरहेको छ । कैयन् पटक असम्भव लाग्ने चिजहरु समेत सम्भव हुने गरेका छन् यो क्षेत्रमा । विज्ञान प्रविधि तथा चिकित्साको क्षेत्रमा नयाँ नयाँ खोज अनुसन्धान भैरहेका छन् । पछिल्लो पटक एउटा यस्तै चामत्कारिक उपलब्धि हासिल भएको छ ।

    बेलायतमा एकजना बच्चा दुईवटी आमाको गर्भमा हुर्किएर जन्मिएको छ । बेलायतको एक समलिंगी जोडीले आफूहरुको कोखमा पालैपालो गर्भ हुर्काएर बच्चा जन्माउँदै रेकर्ड कायम गरेको हो ।

    शेयर्ड मदरहूड अर्थात् साझेदारी मातृत्वको यो घटना बेलायतमा पहिलोपटक भएको बताइएको छ । जस्मिन तथा डोना फ्रान्सिस स्मिथको पहिलो बच्चाको जन्म निर्धारित समयभन्दा २ महिना पहिले भएको थियो ।

    बच्चाको जन्मका क्रममा इन भिभो नेचुरल फर्टिलाइजेसन प्रक्रियाबाट भएको हो । यस प्रक्रियामा डिम्बलाई आमाको शरीरभित्र प्रत्यारोपण गरिन्छ । जबकि इन भिट्रो फर्टिलाइजेसनमा यस्तो डिम्बलाई बाहिरै परागसेचन गराइन्छ र भ्रुणमात्रै आमाको शरीरमा प्रत्यारोपित गरिन्छ ।

    इनभिभो प्रक्रियाको सुरुवात स्विस प्रविधि कम्पनी एनाकोभाले गरेको छ । लण्डनस्थित एक क्लिनिकमा सफलतापूर्वक उक्त प्रयोग गरिएको हो ।

    उक्त प्रक्रियामा डिम्बलाई जैविक आमाको सरीरमा एक क्याप्सुलको माध्यमबाट प्रत्यारोपित गरियो । जहाँ उक्त डिम्ब गर्भाधान भयो । एक आमाको गर्भमा जब उक्त डिम्ब शुक्रकिटसँग मिलन भएर भ्रुणमा परिणत भयो तब एक आमाको शरीरबाट उक्त डिम्बलाई निकालेर अर्को आमाको गर्भमा हालियो र दोश्रो आमाकै कोखबाट बच्चा जन्मियो ।

    नटिंगशरमा बस्ने डोनाले एक मिडियासँग कुरा गर्दै यो गर्भ आफ्नो लागि निकै विशेष रहेको र आफ्नो दम्पत्ति यसबाट निकै खुसी रहेको बताउँछिन् ।

    आम दम्पत्तिले बच्चा जन्माउँदा महिलाले नै गर्भाधारण गर्छिन् । तर उनीहरुको गर्भ आम दम्पत्तिको भन्दा फरक रह्यो र दुवैजनाले गर्भाधारण गरे । डोनाका अनुसार अण्डा सुरुको १८ घण्टासम्म उनको गर्भमा रह्यो र त्यसपछि त्यसलाई निकालेर जस्मिनको गर्भमा राखियो ।

    एजेन्सी

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij