आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दाहाल-नेपाल समूहले माघ १६ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने

  • प्रकाशित मिति : आइतवार, माघ ४, २०७७



  • काठमाडौँ — पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेकपाले काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको स्थायी कमिटी बैठकले सरकारविरुद्ध माघ १६ गते काठमाडौं शक्ति प्रदर्शन गर्ने निर्णय गरेको हो ।

    यसअघि काठमाडौंमा माघ २३ का लागि प्रदर्शनको मिति तय भएको थियो ।

    पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरुद्ध दोस्रो चरणको आन्दोलनमा रहेको नेकपाले अब राजधानी केन्द्रित कार्यक्रममा जोड दिने भएको छ ।

    बैठकमा अध्यक्षद्वय दाहाल र नेपालले कांग्रेसका सभापति शेरबहादुर देउवासँग भएको भेटबारेमा ब्रिफिङ गरेका थिए । ब्रिफिङ्‌मा कांग्रेसले तत्काल संयुक्त आन्दोलनमा साथ नदिने बताएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।

    बैठकमा सातै प्रदेशका इन्चार्जले जिल्लाको सांगठिक अवस्था र जारी आन्दोलनको प्रभाकारीताबारे ब्रिफिङ् गरेका थिए ।

    बैठकले प्रदेश १ कमिटीको अध्यक्षमा केपी ओली समूहका देवराज घिमिरेलाई हटाएर घनेन्द्र बस्नेतलाई चयन गरेको छ । सह–इन्चार्चमा राजेन्द्र राई र जयन्ती राई चयन भएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij