आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दश महिनादेखि ठप्प विद्यालय सञ्चालनमा

  • प्रकाशित मिति : आइतवार, माघ ४, २०७७



  • काठमाडौं। कोभिड–१९ का कारण विगत १० महिना सम्म बन्द रहेका धेरै विद्यालयहरु आइतबारदेखि सञ्चालनमा आएका छन्। कोरोना संक्रमण कम हुँदै गएको र सरकारले समेत शैक्षिक सत्रलाई सदुपयो गर्ने तयारी गरेपछि विद्यालयहरु संचालनमा आएका हुन्। काठमाडौं उपत्यकाका निजी तथा समुदायिक विद्यालयहरु आइतबारदेखि सञ्चालनमा आएका हुन्।

    काठमाडौं जिल्ला प्याब्सन अध्यक्ष हरिकृष्ण श्रेष्ठका अनुसार काठमाडौं जिल्लाभित्र अनौपचारिक रुपमा धेरै विद्यालयहरु पहिलाबाटै सञ्चालनमा थिए। तर महानगरपालिकाभित्रका विद्यालय भने आइतबारबाट औपचारिक रुपमा संचालनमा आएका श्रेष्ठले जानकारी दिए।

    अध्यक्ष श्रेष्ठका अनुुुसार केन्द्रीय र स्थानीय सरकारको निर्देशन अनुसार नै सञ्चालन गरिएको हो। ‘विद्यालय भित्र उच्च स्वस्थ्य मापदण्द अपनाएका छौँ, अनिवार्य माक्स, ह्याण्ड सेनिटाइजर र भौतिक दुरीको पालना गरेका छौँ,’ उनले भने, ‘जोखिम कम हुने गरी व्यवस्था मिलाएर विद्यालय संचालनमा ल्याइएको छ।’

    जनस्वास्थ्यविद डा. शेरबहादुर पुनले कोरोना भाइरस पूर्ण नियन्त्रणमा आएपछि मात्रै विद्यालय संचालन गर्ने भन्ने विषय संभव नभएको उल्लेख गर्दै भने, ‘पहिलो चरणका कोरोना संक्रमण केही नियन्त्रण भएको छ, यो सकारात्मक विषय हो। पूर्णरुपमा कोरोना नियन्त्रण हुन समय लाग्छ। तर जोखिम कायमै रहेको हुनाले विद्यालयले व्यवस्थापकीय पक्षमा विषेश ध्यान दिनुपर्छ।’

    स–साना बालबालिकालाई पारिवारिक स्वास्थ्य थाहा नहुने भएकाले बच्चाहरुबाट धेरै पारिवारिक जोखिम हुने उनको भनाइ थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij