आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ग्रामीण सडकमा गाडी भाडादर घट्यो

  • प्रकाशित मिति : आइतवार, माघ ४, २०७७



  • रुकुम । रुकुम पश्चिमका ग्रामीण सडकमा गाडी भाडादर घटाइएको छ ।

    जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले माघ १ गतेदेखि ५४ वटा सडकमा नयाँ भाडादर कायम गरेको हो  ।

    यातायात व्यवस्थापनका लागि गत मंसिर २४ मा बसेको सर्वदलीय बैठकले भाडादर पुनरावलोकन गर्ने निर्णय गरेको थियो  ।

    जिल्लाभित्रका आन्तरिक रुटमा चल्ने सवारी साधनले टिकट नदिने गुनासो बढेपछि टिकट पनि अनिवार्य गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताउनुभयो ।

    उहाँका अनुसार रुटअनुसार भाडादर पुनरावलोकन गरिएको छ ।

    ‘क’, ‘ख’ र ‘ग’ वर्गमा सडक विभाजन गरी भाडादर कायम गरिएको छ ।

    जिल्ला प्रशासन कार्यालयका अनुसार ‘क’ वर्गका ६, ‘ख’ वर्गका १३ र ‘ग’ वर्गका ३५ वटा रुटको भाडादर कायम गरिएको छ  ।

    ‘क’ वर्गका सडकमा प्रतिकिलोमिटर ४ रुपैयाँ, ‘ख’ वर्गको रुटमा ७ र ‘ग’ वर्गका सडकमा प्रतिकिलोमिटर ८ रुपैयाँ भाडा निर्धारण गरिएको कार्यालयले बताएको छ  ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij