आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपालमा कोरोनाविरुद्धको खोप आउने अन्योलमा

  • प्रकाशित मिति : आइतवार, माघ ४, २०७७



  • काठमाडौं । नेपाल सरकारले कोरोना भाइरसविरुद्धको खोप प्रयोग गर्न आपतकालिन स्विकृत दिए पनि खोप कहिलेसम्म आइपुग्छ भन्ने अन्यौल अझै कायम छ ।

    खोपका लागि नेपालले भारतको मुख ताकेर बसिरहेको छ ।

    शनिबार मात्रै भारत भ्रमणबाट फर्कनु भएका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भारत नेपाललाई खोप दिन तयार भए पनि कति मात्रा र कहिलेसम्ममा दिन्छ भन्ने एकीन जवाफ दिनुभएन ।

    विश्व स्वास्थ्य संगठनअन्र्तगत आउने भनिएको कोभ्याक्सले पनि आगामी चैत्र र बैशाखको भाका सारेको छ ।

    भारतमा उत्पादन भएको कोभिसिल्ड खोपलाई आपतकालिन प्रयोगका लागि स्विकृत दिए पनि खोप आउने अन्यौता भने कायम नै छ ।

    शनिवारदेखि कोरोना भाइरस विरुद्धको खोप अभियान सुरु गरेको भारतले पहिलो दिन नै झण्डै २ लाख जनसंख्यामा खोप लगायो ।

    भारतलाई विश्व कै ठुलो खोप अभियान सुरु गर्ने राष्ट्रको रुपमा हेरिएको छ ।

    तर नेपालमा खोप कहिले आउँछ त ? परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली भारतसँग भ्याक्सिन आपुर्तीवारे छलफल भएको बताउनुहुन्छ ।

    तीन दिने भारत भ्रमण सकेर शनिवार नेपाल फर्कनु भए मन्त्री ज्ञवालीले खोप ल्याउने विषयमा कुरा भएको भन्दै भारतले नेपाललाई प्राथमितामा राखेको वाहेक अन्य कुरा खोल्नु भएन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने आपतकालिन प्रयोगका लागि स्विकृत भएको कोभिसिल्ड खोप नै पहिलो चरणमा नेपाल आउने जनाएको छ ।

    अरु खोप ल्याउने तयारी समेत भएको भन्दै मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले पहिलो चरणको तीन प्रतिशत खोप भारतवाट नै आउने बताउनुभयो ।

    त्यसका लागि आवश्यक तयारी भईरहेको भन्दै उहाँले खोप कहिले ल्याउने, कहिले देखि अभियानको रुपमा सञ्चालन गर्ने भन्ने विषयमा निर्णय नभएको बताउनुभयो ।

    यस्तै विश्व स्वास्थ्य संगठन अन्र्तगत आउने भनिएको कोभ्याक्सले भने चैत्र र वैसाख महिनामा मात्र खोप दिने जनाएको छ ।

    मन्त्रालयले कोभ्याक्स वाट निशुल्क आउने खोप अझै तीन महिना नेपाल नआउने जनाएको छ ।

    कोभ्याक्सवाट नेपालको जनसंख्याको २० प्रतिशत खोप आउने मन्त्रालयले जनाईएको थियो ।

    पछिल्लो समय नेपालमा कोरोना संक्रमिक र मृत्यु हुनेको संख्यामा कमि आइरहेको छ ।

    शनिवार नेपालमा अहिले सम्म कै कम संक्रमित भेटिए ।

    महामारीका कारण १० महिना बन्द रहेका विद्यालय, पार्टी प्यालेस, सिनेमाहल सबै खुल्दैछन् ।

    तर जनस्वास्थ्यको मापदण्ड पालनामा भने सरोकारवाला पक्षले चासो देखाएको पाइदैन ।

    संक्रमितको संख्या कम भईरहेको अवस्थालाई विज्ञहरुले दोस्रो लहर फैलने संकेतको रुपमा समेत लिएका छन् ।

    स्वास्थ्य मन्त्रालयले झन्डै २ करोड खोप भण्डारण गर्ने क्षमता विस्तार गरेको जनाए पनि खोप ल्याउन अन्यौलता कायम नै हुँदा थप समस्या नहोला भन्न सकिदैन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij