आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ओलीले अदालतमा सेटिङ मिलाएको छु भनेका छन् : वर्षमान

  • प्रकाशित मिति : शुक्रबार, माघ ९, २०७७



  • रोल्पा । नेकपा प्रचण्ड–माधव समूहका नेता वर्षमान पुनले संसद विघटनविरुद्ध विचाराधीन मुद्दाको फैसला गर्ने क्रममा सर्वोच्च अदालतमा केपी ओलीको दबाव, प्रलोभन र धम्कीको प्रभाव पर्न नहुने बताएका छन् ।

    प्रधानमन्त्री ओली र उनको समूहका नेताहरुले सर्वोच्चमा सेटिङ मिलाएकाले प्रतिनिधिसभा विघटन सदर हुने हल्ला चलाउँदै हिँडेको पुनले बताए ।

    ‘हामीलाई विश्सास छ, संविधानको अक्षर र भावनाअनुसार फैसला आउनेछ । हामी सर्वोच्चको फैसलालाई सम्मान गर्छौं र स्वीकार पनि गर्छांै’, गृहजिल्ला रोल्पाको सुलीचौरमा विहीबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै पुनले भने ।

    ‘तर, केपी ओली र त्यो प्रवृत्तिका मान्छेले सेटिङका कुरा गरेका छन्,’ निवर्तमान मन्त्री पुनले भने, ‘त्यस्ता सेटिङको हामी सडकमा भण्डाफोर गर्छौं ।’

    यस्तै निर्वाचन आयोगले पनि ७० प्रतिशत केन्द्रीय सदस्य रहेको प्रचण्ड–माधव नेपालले नेतृत्व गरेको नेकपालाई वैधता दिने र सूर्य चिह्न पनि आफूहरुले पाउने विश्वाससमेत उनले व्यक्त गरे ।

    ओली सरकारमा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्रीका रुपमा काम गरेका नेता पुनले पार्टीभित्रबाट सरकार सञ्चालनमा कुनै अवरोध सिर्जना नगरिएको बताउँदै भने, ‘सरकारको कुनै नीति कार्यक्रम, बजेट र विधेयक असफल भएको छैन, उहाँले कसरी सरकार चलाउन पार्टीले असहयोग गर्यो, संसदले असहयोग गर्यो भनिरहनुभएको छ ?’

    प्रधानमन्त्री ओलीको ध्यान विकास र सुशासनका मुद्दामा नगएको, वरिपरिका मानिसहरु भ्रष्टाचारमा मुछिएको र भ्रष्टाचारी आरोप लागेकाहरुलाई राजनीतिक सफाइ दिइएको पुनले बताए ।

    ओलीले भर्खर हुर्कंदै गरेको संघीयताको बिरुवा उखेल्ने षड्यन्त्र गरिरहेको भन्दै पुनले ओलीले प्रदेश भंग गर्ने धम्की दिँदै हिँडेको बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij