आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्धाः राजपत्रमा प्रकाशित सूचना इजलासमा पेश

  • प्रकाशित मिति : शुक्रबार, माघ ९, २०७७



  • काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा संवैधानिक इजलासमा शुक्रबारको सुनुवाइ सुरु भएको छ। महान्यायाधिवक्ता अग्नि खरेलले प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना प्रकाशन गरिएको राजपत्र संवैधानिक इजलासमा पेस गरेका छन्।

    बिहीबारको निवेदकका कानुन व्यवसासीले प्रतिनिधिसभा विघटनको सूचना छापिएको राजपत्र प्रकाशन नभएको भन्दै प्रश्न उठाएका थिए।
    उनीहरूको बहस सुनेपछि संवैधानिक इजलासले महान्यायाधीवक्ता कार्यालयसँग राजपत्रमा प्रकाशित भएको सूचना भए उपलब्ध गराउन भनेको थियो।

    पुस ५ मा सरकारले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि चुनाव घोषणा गरेपछि सर्वोच्च अदालतमा त्यस निर्णयविरुद्ध विभिन्न १३ वटा रिट दायर भएर र हाल ती रिटमाथि रिट निवेदकका तर्फबाट संवैधानिक इजलासमा बहस भइरहेको छ।

    ती रिटमाथिको पहिलो सुनुवाई पुस ८ मा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासमा भयो भने त्यसपछि पुस १०, पुस २२, पुस २९, माघ २, माघ ४, माघ ५, माघ ६, माघ ७, माघ ८ र शुक्रबार प्रधानन्यायाधीश राणाको नेतृत्वमा रहेको ५ सदस्यीय संवैधानिक इजलासमा सुनुवाई भइरहेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij