आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

डाँगीलाई विप्लव नेकपा गंगादेवले गर्यो निष्कासन-हेर्नुस विज्ञप्ति

  • प्रकाशित मिति : शनिबार, माघ १०, २०७७



  • रोल्पा । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी गंगादेव गाउँ कमिटी रोल्पाले गाउँ कमिटी सदस्यलाई कारवाही गरेको छ ।

    विहिबार इन्चार्ज किरणले एक विज्ञप्ति जारी गर्दै गाउँ कमिटी सदस्य टोप बहादुर डाँगी ‘टिम’लाई साधारण सदस्य समेत नरहनेगरि निलम्बन गरेको जानकारी गराएका हुन् ।

    नेकपाले पार्टीको निर्देशन बिनै चन्दा असुली हिनामिना गर्ने, स्थानीय प्रहरी प्रशासन संग भिडन्त भएको र आफुलाई खुट्टामा गोली समेत लागेको जस्तो अफबाह फैलाउँदै भ्रम पार्न खोज्ने र साँस्कृतिक अराजक क्रियाकलापमा समेत सरिक भएको भन्दै गाउँ कमिटी सदस्य डाँगीलाई साधारण सदस्यमा समेत नरहनेगरि निलम्बन गरिएको जनाएको छ ।

    जिल्ला कमिटी सदस्य रहेका डाँगीलाई आर्थिक तथा साँस्कृतिक अराजक गरेको भन्दै यस अघिनै निलम्बन गरेको बिज्ञप्तिमा उल्लेख छ ।

    यस्तै नेपाल कम्युनिष्ट पार्टीको नाममा थुप्रै आर्थिक हिनामिना गरेकोले डाँगीलाई थप अनुसन्धान गरि कडा कारबाही गरिने विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

    हेर्नुस विज्ञप्ति

    हाम्रो महान गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी देशको विद्यमान दलाल व्यवस्थाका बिरुद्द कठोर संघर्ष गरिरहेको छ । दलाल सामन्तहरुको बिरुद्द लडीरहदा पार्टी भित्रकै अवसरबादी अराजक तत्वको बिरुद्द पनि निर्मम संघर्ष गरिरहेको छ ।

    यसै सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी रोल्पाका सदस्य टोप बहादुर डाँगी ‘टिम’ले आर्थिक तथा साँस्कृतिक अराजकता मच्चाएपछि जिल्ला कमिटी रोल्पाले यसअधि नै निलम्बन गरेको सबैलाई सर्बबिदितै छ ।

    पार्टीको निर्देशन बिनै चन्दा असुली हिनामिना गर्ने, स्थानीय प्रहरी प्रशासन संग भिडन्त भएको र आफुलाई खुट्टामा गोली समेत लागेको जस्तो अफबाह फैलाउँदै भ्रम पार्न खोज्ने र साँस्कृतिक अराजक क्रियाकलापमा समेत सरिक भएको हुँदा नेपाल कम्युनिष्ट पार्टी गंगादेव गाउँ कमिटी सदस्य डाँगीलाई साधारण सदस्यमा समेत नरहनेगरि निलम्बन गरिएको यसै बिज्ञप्ति मार्फत सबैमा सहर्ष जानकारी गराउँद छौ ।

    नेपाल कम्युनिष्ट पार्टीको नाममा थुप्रै आर्थिक हिनामिना गरेकोले टोप बहादुर डाँगीलाई थप अनुसन्धानगरि कडा कारबाही गरिने बेहोरा समेत जानकारी गराउँद छौ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij