आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कतारी प्रहरीमा भर्ती हुन भारतीय बाटो, रोजगार विभाग भन्छ, ‘कतारले नेपाललाई हेप्यो’

  • प्रकाशित मिति : सोमवार, माघ १२, २०७७



  • काठमाडौं । नेपाल सरकारको अनुमतिबिनै एजेन्टले कतारी प्रहरी सेवाका लागि अवैध रुपमा नेपाली युवा लैजान थालेका छन् । म्यानपावर कम्पनीसँग मिलेमत्तोमा कतारी प्रतिनिधिले अन्तर्वार्ता लिई छनोट गरेका युवाले सरकारबाट श्रमस्वीकृति नपाएपछि उनीहरुलाई भारतीय बाटो हुँदै कतार लैजान थालिएको हो ।

    कतारले पहिलो चरणमा गत फागुनमा वैधानिक रुपमै १ सय ७९ जना युवालाई लगेको थियो । तर, दोस्रो चरणमा नेपालको सरकारी प्रक्रिया लत्याउँदै ३ सय युवालाई लैजान अवैध अन्तर्वार्ता लिएको थियो ।

    वैदेशिक रोजगार विभागकमा महानिर्देशक कुमार दाहालले कतार सरकारले नेपाललाई हेपेको बताए । युवालाई भारतीय बाटो हुँदैं कतार धमाधम पठाइरहेको सूचना प्राप्त भइरहेको छ । यो सरारसर गलत काम भयो । कतारले नेपाललाई हेप्यो, उनले भने, ‘कतारबाटै श्रम सम्झौता उल्लघंन भयो । यसले हामीलाई निकै दुखित बनाएको छ ।’

    विभागले अवैध रुपमा कतारी प्रहरी सेवामा जानेहरुको रेकर्ड राख्न थालेको जनाएको छ । भारतीय बाटो हुँदै कतार पठाउने कार्यमा अवैध अन्तर्वार्ता लिने म्यापावर कम्पनी वा अरु नै एजेन्ट संलग्न रहेको बारे यकिन भइनसकेको दाहालले बताए । कान्तिपुर

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij