प्रकाशित मिति : सोमवार, माघ १२, २०७७
काठमाडौं। नेपाल प्रहरीको उपरीक्षक (एसपी)मा बढुवाका लागि १६ जनाको नाम सिफारिस गरिएको छ। प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार बढुवा समितिको सोमबार बसेको बैठकले १६ जना नायव उपरीक्षक (डीएसपी)लाई एसपीमा बढुवा गर्न सिफारिस गरेको हो।
प्रधान कार्यालयका अनुसार सिफारिसको एक नम्बरमा डीएसपी भुवनेश्वर तिवारी छन् भने दोस्रो नम्बरमा ऋषिराम कँडेल छन्। यस्तै तेस्रो नम्बरमा रहेर सिफारिस हुने डीएसपी सुरेन्द्रप्रसाद काफ्ले हुन्।


© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij