आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सुर्खेतमा भएको ३९ वटा गौहत्यामा १० जना दोषी ठहर, ३ महिनादेखि डेढ वर्षसम्म कैद तोकियो

  • प्रकाशित मिति : शुक्रबार, माघ १६, २०७७



  • सुर्खेत । गौहत्याको आरोपमा पक्राउ परेका १० जनालाई जिल्ला अदालतले जेल सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यको एकल इजलासले उनीहरूलाई न्यूनतम ३ महिनादेखि डेढ वर्षसम्म जेल सजाय तोकेको हो ।

    नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रहरी निरीक्षक सूर्यबहादुर बोगटी सबैभन्दा बढी डेढ वर्ष र नगर प्रहरी सहायक निरीक्षक विकास गौतमलाई १ वर्ष कैद तोकिएको छ ।

    यस्तै नगर प्रहरी जवानहरू कमल बयक, सुवर्ण तारामी मगर, सुशान्त शाही र चन्द्रबहादुर रानालाई ६–६ महिनाको सजाय तोकिएको छ । नगर प्रहरी जवान पवनकुमार कनोजियालाई ५ महिना, नगर प्रहरी जवानद्वय राकेश भारती, धर्मेन्द नेपाली र फायरम्यान कमल थापा मगरलाई ३—३ महिना जेल तोकिएको छ ।

    २०७६ साल भदौ १३ गते नेपालगन्ज उपमहानगरपालिकाद्वारा सञ्चालित कान्जी हाउसमा रहेका गाईगोरु र बाच्छाबाच्छी दैलेख लैजाने क्रममा बाटोमै छोडिएको थियो । पछि ३९ वटा गाई रत्न राजमार्गको सुर्खेत खण्डमा मृत अवस्थामा फेला परेको थियो ।

    ८ वटा ट्रकमा ल्याइएका २ सय ९१ मध्ये अन्य गाई—गोरु र बाच्छा र बाच्छी सडकमै अलपत्र छाडिएका थिए । मुद्दामा प्रतिवादी बनाइएका ट्रान्सपोर्ट सञ्चालक सहित ७ जनाले भने सफाइ पाएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij