आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बढी दुध पिउनु स्वास्थ्यका लागि हानिकारक, महिलामा हड्डी टुट्ने खतरा ज्यादा

  • प्रकाशित मिति : शुक्रबार, माघ १६, २०७७



  • काठमाडौं । दुध तथा दुधबाट बनेका परिकारहरु हाम्रो शरीरका लागि कति फाइदाजनक छ, यसबारेमा हामीलाई बच्चैदेखि थाहा छ । दुधका कारण धेरै मानिसको डाइट पूर्ण हुँदैन् । दुधमा क्याल्सियम, प्रोटिन, भिटामिन डी जस्ता अति आवश्यक पोषक तत्वहरु हुन्छ । यही कारण दुधलाई सम्पूर्ण एंव सन्तुलित आहार मानिन्छ ।

    बितेका केही सालमा भएको अध्ययन र अनुसन्धानले दुधले मानिसको शरिरमा पुर्याएको असरबारे बताएको छ । उसो त दुध पिउनु फाइाजनक छ तर धेरै दुध पिउनाले फाइदा भन्दा पनि धेरै घाटा छ । दुध पिउनाका असरहरु बारेमा केही जानकारी तल उल्लेख छ ।

    अनुहारमा डण्डीफोर आउनु
    अहिलेसम्म जति अध्ययन र नुसन्धान भएको छ त्यसले यही बताउँछ कि दुध तथा दुधजन्य खाद्यपदार्थ अति खानाले अनुहारमा डण्डीफोर आउने खतरा बढ्छ ।

    प्राकृतिक रुपमा दुधमा ग्रोथ हाम्रोन हुन्छ र त्यसले डण्डीफोर बढाउने काम गर्छ । यसका अलावा केही अनुसन्धानले यो भन्छ कि दुध वा दुधजन्य खाद्यपदार्थ धेरै खानाले इन्सुलिन बढ्छ र अनुहारमा जोखिम धेरै हुन्छ ।

    एलर्जी
    विज्ञका अनुसार ५ देखि १० प्रतिशत बच्चाहरुमा दुधको एलर्जी हुन्छ । यसका कारण पेट दुख्ने, डायरिया हुने जस्ता बिमारी हुन सक्छ । कतिपय अवस्थामा वयस्कमासमेत दुधको एलर्जी हुन सक्छ ।

    हड्डी टुट्ने
    अर्को एउटा अध्ययनले गरेको कुरा मान्ने हो भने दिनमा तीन गिलास बढी दुध खानाले हड्डी टुट्ने सम्भावना बढी हुन्छ । खासगरी महिलामा डी गैलेक्टोज नामको सुगरको कारण यस्तो हुने सम्भावना बढी हुन्छ । वृद्धवृद्धाले समेत बढी दुध तथा दुधजन्य खानेकुरा सेवन गर्दा पनि हड्डी टुट्ने सम्भावना ज्यादा हुन्छ ।

    क्यान्सरका खतरा
    २००७ मा अमेरिकन इंस्टिट्यूट फर क्यान्सर रिसर्चको एक रिपोर्टका अनुसार दुधमा क्याल्सियम बढी हुन्छ र यसको धेरै पिउनाले प्रोस्टेट क्यान्सरको खतरा बढ्छ ।

    यसका अलावा २०१२ मा प्रकाशित एनसीबीआईको रिपोर्ट अनुसार दुधमा लैक्टोज नामका खाश किसिमको सुगर हुन्छ, यसको अधिक सेवन गरे महिलाहरुलाई पाठेघरमा क्यान्सर हुने सम्भावना बढी हुन्छ ।

    गाईको दुधमा धेरै चिल्लो पदार्थ हुने हुँदा त्यसलाई पचाउन नसक्दा पेट दुख्ने, पेटमा ग्याँस जम्मा हुने, पेट फुल्ने, डायरिया हुने जस्ता समस्या देख्न सकिन्छ ।

    हदय रोगका खतरा
    अक्टूबर २०१४ मा ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार धेरै दुध पिउँदा महिला तथा पुरुष दुवैमा हृदयघातको खतरा हुन्छ । दैनिक तीन गिलास भन्दा बढी दुध पिउने पुरुषमा हृदयघातका कारण मृत्यु १० प्रतिशतसम्म बढी हुनसक्छ ।

    जो व्यक्तिमा हृदयरोगको जोखिम बढी छ र जो आफ्नो तौल कम गर्न चाहन्छ उसले दुधको सेवन नगरेकै राम्रो । दुध धेरै पिउनाले अन्य धेरै समस्याहरु पनि देख्न सकिन्छ । यसको कारण यो होइन कि तपाइ दुध पिउन छाड्नुस । दुधका कारण कुनै समस्या छैन र साइड इफेक्ट छैन भने ठिक्क मात्रामा दुध पिउनु पर्दछ ।एजेन्सी

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij