आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

म्यान पावर कम्पनीमा विभागको छापा, ४ जना भारतीय नागरिक पक्राउ

  • प्रकाशित मिति : मङ्लबार, माघ २०, २०७७



  • काठमाडौं। वैदेशिक रोजगार विभागले टोखास्थित ट्रिपल स्टार इम्पोलाेयमेन्ट प्रालिमा छापा मारेको छ। गणपति भन्ने म्यानपावरले क्यानडा पठाउने काम गरेको र अन्र्तवार्ता लिइरहेको भन्ने सूचनाका आधारमा विभागले सोमबार छापा मारेको हो।

    भारतीय नागरिकले सञ्चालन गरेको गणपति नामको म्यानपावर कम्पनी दर्ता नभएपछि ट्रिपल स्टारसँग सहकार्य गरेको थियो। बैदेशिक रोजगार विभागका अनुसार भारतबाट आएको गिरोह नेपालमा सक्रिय भएको जानकारी पाएपछि खोजी हुँदा भारतीयहरुले ट्रिपलसँग सहकार्य गरेको फेला परेको हो।

    भारतबाट आएका ४ जनाले अबैधरुपमा गणपति ह्याप्पी लाईफ प्रा.लि.को नाममा विल काटेर क्यानडा लैजाने भनि जनही ५ हजार भारु उठाइरहेको भन्ने सूचना प्राप्त भएपछि विभागले छापा मारेको हो।

    विभागले उक्त ४ जना भारतीय नागरिक सहित कार्यालय प्रयोजनका ल्यापटप २ थान, बिलप्याड २ थान, एमओयू पाना ५ थान, ट्रिपल स्टारको मार्केटिङ बुक १ थान, ठूलो बिलप्याड १ थान, कपिहरु १० थान, क्यानडाको अफर अफ इम्पोलायमेन्ट २ थान, राहदानी फोटोकपी सहितको फारम ६ थान, ठूलो सम्झौता पत्र १ थान, सर्टिफिकेट अफ रजिष्ट्रेसन ६ र प्लाष्टिकको फाइल १ थान नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा तीन महिला र एक पुरूष छन्।

    भारतीय नागरिकहरुले आफू काम गर्ने कर्मचारी भएको र कुनै पनि पचिचयपत्र आफ्नो साथमा नभएको बताएका थिए। विभागका अनुसार उनीहरुमाथि थप अनुसन्धान जारी छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij