आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विघटनको बचाउमा महान्यायाधिवक्ता खरेलले बहस गर्ने

  • प्रकाशित मिति : मङ्लबार, माघ २०, २०७७



  • काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सरकारी पक्षको बहस आज पनि जारी रहनेछ । आज पनि सरकारकोतर्फबाट महान्यायाधिवक्ता अग्नी खरेलले बहसलाई निरन्तरता दिनुहुनेछ ।

    विघटन विरुद्धको बहसमा हिजो खरेलले नैं सरकारी पक्षबाट बहस सुरु गर्नुभएको थियो । हिजोको बहस हेर्दा हेर्दैमा सकिएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रपति कार्यालयको तर्फबाट बहस गर्नुभएका महान्यायाधिवक्ता खरेलले आफु प्रधानमन्त्रीको प्रतिरक्षा गर्न इजलासमा अभिएको भन्दै आफ्नो संवैधानिक दायित्वबाट पन्छिन नमिल्ने तर्क गर्नुभयो ।

    उहाँले विघटन संविधानसम्मत भएको जिकिर पनि गर्नुभयो । महान्यायाधिवक्ता खरेलले तत्कालिन संविधान सभाको संख्या ठूलो भएको र संविधान निर्माणमा संलग्नहरूको फरक फरक मनसाय भएकाले अदालतले उनीहरुको मनसाय बुझ्न खोजे सही निष्कर्षमा नसकिने उल्लेख गर्नुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij