प्रकाशित मिति : बुधबार, माघ २१, २०७७
ईश्वर सुवेदी,बागलुङ।
बागलुङ जिल्लाको गलकोट नगरपालिका वडा नम्बर १ कटौजे घाटमा झोलुङगे पुलको एक कार्यक्रमका बिच आज उद्घाटन गरिएको छ ।
गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले झोलुङगे पुलको उद्घाटन गर्दै जनताले आफ्नो क्षेत्रको विकास गर्नको लागि सरकारको मात्र मुख ताक्न नहुने बताउँनुभएको छ ।
उहाँले गलकोट नगरपालिकाले स्थानिय जनताका आवश्यकतालाई पहिचान गरि पुल निर्माणलाई पहिलो प्राथमिकतामा राखि निर्माण सम्पन्न गरेको बताउँनुभयो । उहाँले पुलको संरक्षण गर्ने जिम्मेवारी र दायित्व स्थानियकै रहेको बताउंनुभयो ।
गैरेले बागलुङ जिल्लालाई झोलुङगे पुलको जिल्ला बनाउने क्रममा पनि गलकोटका जनशक्ति परिचालन भएपनि समय क्रमसँगै आधुनिक पुल निर्माणमा गैरसरकारी संघ संस्था सँग सहकार्य गर्नुपरेको बताउँनुभयो ।
पहिले झोलुङ्गे पुल बनाउने दक्ष जनशक्ती गलकोटका थिए, गैरेले भन्नुभयो, अहिले दक्ष जनशक्ती पलाएन संगैं रैथाने पुलबाट आधुनिक प्रबिधीको प्रयोग गर्न गैरसरकारी संस्थासंग सहकार्य गदैं निर्माण गरिएको छ ।
पुल निर्माण सम्पन्न भईसकेपछि दुदिलाभाटिको थलिङ, पात्लेखर्क, भैसे, टोड्के, गाँजा दहसम्मका स्थानियलाई आवजजावतमा सहजता हुने बताउँदै आगामी दिनमा पनि गलकोट नगरपालिकाले स्थानियको आवश्यकतालाई नै प्राथमिकतामा राखि नगरपालिकाले योजना बनाउने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।
झोलुङगेपुल क्षेत्रगत कार्यक्रम अन्तर्गत कुल ३७ लाखमा निर्माण सम्पन्न भएको पुलको ९० मिटर लम्वाई, १ दशमलब ६ मिटर चौडाई रहेको छ । उत्त पुलको ३१ टन भारवहन क्षमता रहेको पुल निर्माणका प्राविधिक अधिकृत नारायण प्रसाद डाँगीले जानकारी दिनुभयो ।
कार्यक्रम कटौंजेघाट झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष दिल बहादुर खत्रीको अध्यक्षता, उपभोक्ता समिति सदस्य धना खत्रीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण लिल बहादुर खत्रीले गर्नुभएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij