आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सडकबाट प्रचण्डले भने–फागुन पहिलो साताबाट संयुक्त आन्दोलन हुन्छ, केपी ओलीको आयु सकिन्छ

  • प्रकाशित मिति : बिहिबार, माघ २२, २०७७



  • नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पष्कमल दाहाल प्रचण्डले फागुन पहिलो साताबाट संयुक्त आन्दोलन गर्नेगरी काँग्रेस, राजपासहित अन्य पक्षसँग छलफल चलिरहेको बताएका छन् । बिहीबार आमहड्तालका क्रममा सडकमा आएका प्रचण्डले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भने, ‘निरंकुशताविरुद्ध अझै ठूल्ठूला आन्दोलनमा जान्छौँ । सम्भवतः फागुनको पहिलो सातादखि संयुक्त आन्दोलन हुन्छ । केपी ओलीको आयु सकिन्छ । निरंकुशताका पक्षपातीलाई बढार्छ ।’

    उनले अहिले भएको संघर्ष जनता र लोकतन्त्रको लागि भएको भन्दै प्रतिगमनविरुद्धको आन्दोलनमा जनताले साथ दिन्छन् भन्नेमा आफूहरुको विश्वास रहेको बताए ।

    ‘सरकारले जसरी संविधान मिच्ने र दिउँसै रात पार्ने काम गरेको छ। यसले लोकतन्त्र र गणतन्त्रमाथि प्रहार भएको छ’, प्रचण्डले भने ।

    सरकार आफैंले जुलुस निकाल्ने गरेकोप्रति कटाक्ष गर्दै प्रचण्डले यसलाई पञ्चर्यालीको संज्ञा दिए । ‘हिजो पञ्चहरुले त्यसै गर्थे । ठूलाठूला पञ्चर्याली हुन्थे । त्यो निभ्ने बेलाको बत्ती थियो’, प्रचण्डको टिप्पणी थियो ।

    ओलीले संविधान मिच्दै हिजो असंवैधानिक ढंगले संवैधानिक परिषद्मा सपथ गराएको भन्दै यसलाई आफूले जंगली राजा जस्तै भएको ठानेको बताए । उनले आफूहरुको आन्दोलनमा नेपाली जनता साथमा रहेको पनि बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij