प्रकाशित मिति : आइतवार, माघ २५, २०७७
काठमाडौं । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले बलात्कारपछि हत्या गरिएकी भगिरथी भट्टको हत्यारालाई पक्राउ गरी कडा कारवाही गर्न माग गरेको छ।
नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले शनिबार एक विज्ञप्ति जारी गरी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भट्टको बलात्कारपछि हत्या गरिएको घटनाले नेविसङ्घ स्तब्ध भएको भन्दै हत्यारालाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेका छन्।
‘विगतका दिनमा निर्मला पन्त र सम्झना विकलगायत किशोरीको बलात्कार गरी हत्या हुँदासमेत घटनामा संलग्नलाई पक्राउ गरी कारवाही नहुनु दुःखद कुरा हो’, अध्यक्ष ढुङ्गानाले विज्ञप्तिमा भनेका छन्।
भट्ट गत बुधबार विद्यालय गए पनि घर नफर्किएपछि खोजी गरिएको थियो। स्थानीय सामुदायिक वनमा भट्टको शव फेला परेको थियो। रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij