आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपालमा उत्कृष्ट कृषि केन्द्र स्थापना गर्ने सम्बन्धमा इजरायलसँग छलफल

  • प्रकाशित मिति : मङ्लबार, माघ २७, २०७७



  • काठमाडौं। नेपालमा उत्कृष्टता कृषि केन्द्र (एग्रीकल्चर सेन्टर अफएक्सिलेन्स) स्थापना गर्ने सम्बन्धमा नेपाल र इजरायलबीच छलफल भएको छ। नेपालमा उत्कृष्टता कृषि केन्द्र स्थापनाको तयारी स्वरुप दुई मुलुकका सम्बन्धित अधिकारीहरु बीच भर्चुअल माध्यमबाट छलफल भएको हो।

    यसअघि नेपाल र इजरायलबीच इजरायली अन्तर्राष्ट्रिय विकास साझेदार संस्था ‘माशव’ को सहयोगमा नेपालमा उत्कृष्टता कृषि केन्द्र स्थापना गर्नेसम्बन्धी समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भइसकेको छ।

    उक्त छलफलको नेतृत्व इजरायली पक्षबाट माशवकी प्रमुख राजदूत एनाट श्लेनले र नेपाली पक्षबाट कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा.हरि केसीले गरेका थिए।

    छलफलमा परराष्ट्र मन्त्रालयका सहसचिव हरिश्चन्द्र घिमिरे, इजरायलको लागि नेपाली राजदूत डा.अन्जान शाक्य, नेपालका लागि ईजरायली राजदूत एच.ई.हनान गोडेर, कृषि विभागका महानिर्देशक लगायत विभिन्न विज्ञ व्यक्तिहरुको उपस्थिति रहेको थियो।

    सो अवसरमा राजदूत डा.शाक्यले आफ्ना धारणा राखेकी थिइन्। यसअघि राजदूत डा.शाक्य रमाशवकी प्रमुख राजदूत एनाटबीच इजरायली परराष्ट्र मन्त्रालयमा भेटघाट भएको थियो। उक्तभेट भर्चुअल कार्यक्रम आयोजना गर्ने सम्बन्धमा केन्द्रित थियो।

    नेपालमा पनि उत्कृष्ट कृषि प्रणाली भित्र्याउने सम्बन्धमा भएको उक्त भर्चुअल छलफलमा राजधानीदेखिको दुरी, हावापानी, कृषि उत्पादनका लागि उपयुक्तता जस्ता विशेषताहरुका आधारमा त्यस्ता कृषि केन्द्र स्थापनाका लागि उपयुक्त हुने स्थान (जिल्ला) छनौट गर्ने विषयमा छलफल भएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij