आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘ट्रम्पसँग बिताएको ९० सेकेण्ड मेरो जीवनकै सबैभन्दा नराम्रो घटना थियो’

  • प्रकाशित मिति : बुधबार, माघ २८, २०७७



  • काठमाडौं। अमेरिकी पोर्नस्टार स्टर्मी डेनियल्सले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आफ्नो कथित सम्बन्धबारे एक पटक फेरि बयान दिएकी छिन् । समाचार एजेन्सी एपीको रिपोर्टअनुसार डेनियल्सले ट्रम्पसँगको यौन सम्बन्धलाई नराम्रो घटना भनेकी छिन् । डेनियल्सले भने ‘मेरो जीवनको सबैभन्दा खराब ९० सेकेण्ड किनकि यसका कारण मैले आफैंलाई घृणा गर्न थालें ।

    ट्रम्पले भने अहिलेसम्म पनि डेनियल्ससँग आफ्नो कुनै पनि किसिमको सम्बनध भएको दावीलाई अस्वीकार गर्दै आएका छन् । तर, ट्रम्पमाथि आरोप लागेको थियो कि उनले आफ्ना वकिलका माध्यमबाट डेनियल्सलाई चुप रहनको लागि मोटो रकम दिएका थिए । यो मामिलामा ट्रम्पका वकिल माइकल कोहेन जेल पनि गएका थिए ।

    डेनियल्सले ट्रम्पसँग भेटको क्रममा आफ्नो दिमागमा कसरी यहाँबाट भागेर बाहिर निस्किने भन्ने सोच आएको बताएकी छिन् । डेलियल्सका अनुसार घटनाभन्दा पहिले उनले ट्रम्पसँग यौन सम्बन्ध राख्छु भन्ने नसोचेको बताएकी छिन् । ट्रम्प र डेनियल्सको कथित भेट २००६ मा भएको थियो । त्यतिबेला ट्रम्प र मेलानियाको बिहे भएको करिब १ वर्ष मात्र भएको थियो । मेलानिया ट्रम्पकी तेस्री पत्नी हुन् ।

    मिया कुल्पा नामको पडकास्टमा माइकल कोहेनसँग कुरा गर्दै ४१ वर्षीया पोर्नस्टारले ट्रम्पसँगको सम्बन्धलाई लिएर नयाँ खुलासा पनि गरिन् । माइकल कोहेन तिनै व्यक्ति हुन् जसमाथि २०१६ मा ट्रम्पको चुनावी अभियानका क्रममा डेनियल्सलाई चुप रहनको लागि मोटो रकम दिएको आरोप लागेको थियो । सुनुवाइको क्रममा कोहेनले आरोप स्वीकार गरेका थिए । उनलाई ३ वर्षको जेल सजाय सुनाइएको थियो । कोरोनाभाइरसका कारण गएको जुलाइमा उनलाई जेलबाट छाडियो । बाँकी सजाय उनले आफ्नो अपार्टमेन्टमा काटिरहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij