आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रहरीमा फेरी गुटबन्दी, शैलेशलाई हटाएर आइजीपी बन्ने खेलमा विश्वराज !

  • प्रकाशित मिति : बिहिबार, माघ २९, २०७७



  • काठमाडौं । सर्वेन्द्र खनाल र उनका ब्याचीको अवकाशपछि नेपाल प्रहरीको नेतृत्व तहमा गुटबन्दीको समस्या समाधान भयो ।

    त्यसपछि ठाकुर ज्ञवाली छोटो अवधिका लागि आइजीपी भएकाले यो समस्या देखिएन ।

    गत असारमा प्रहरी महानिरीक्षक बनेका शैलेश थापा क्षेत्रीको नियुक्ति उदाहरणीय भयो । उनको बढुवामा कुनै अस्वस्थ प्रतिस्पर्धा भएन ।

    उनले सामूहिक नेतृत्वको अवधारणअनुसार संगठन चलाए । जसकारण नेतृत्वमा विगतमा जस्तो अनेक चलखेल र दौडधुप हुन पाएन । संगठनको नेतृत्वमा एकता देखियो ।

    तर, केही महिनायता प्रहरीमा फेरि प्रहरी नेतृत्वमा गुटबन्दीको समस्या देखिन थालेको छ । संगठनको चेन अफ कमाण्ड नमानी शक्तिकेन्द्रहरुलाई हात लिएर बढुवा भएका एआइजी विश्वराज पोखरेलका कारण प्रहरीमा यस्तो समस्या देखिएको हो ।

    आफ्नो लागि मन्त्रिपरिषद्बाट दरबन्दी नै थप्न लगाएर गत मंसिरमा उनको बढुवा भएको थियो । उनै पोखरेल अहिले महानिरीक्षक क्षेत्रीलाई हटाउने अभियानमा लागिसकेका छन् ।

    अब वैशाखमा हुने भनिएको चुनावमा प्रहरी नेतृत्वमा आफू आए सहयोग गर्ने भन्दै नेकपाको सत्तारुढ नेताहरुका उनी धाउन थालेका छन् ।

    अहिलेका आइजीपीबाट काम नचल्ने भन्दै प्रहरी महानिरीक्षक र अन्य एआइजीविरुद्ध कुरा लाउँदै दिनहुँ जसो उनी शक्तिकेन्द्र धाउन थालेको स्रोत बताउँछ ।

    यही कारण प्रहरी महानिरीक्षकसँगको उनको दुरी समेत बढेको छ । यही स्वभावका कारण महानिरीक्षक क्षेत्रीले कतिपय महत्वपूर्ण छलफलमा पोखरेललाई नराख्ने गरेका छन् ।

    उपप्रधानमन्त्री ईश्वर पोखरेलको चलखेलमा नियमविपरीत दरबन्दी थपेर उनलाई बढुवा गरिएको थियो ।

    जबकि, संसदीय समितिले बढुवा नगर्न निर्देशन दिएको थियो । आगामी चुनावमा उनले सहयोग गर्ने भन्दै उपप्रधानमन्त्री पोखरेलले सबैलाई विश्वासमा पारेर विश्वराजको यसरी बढुवा गराएका थिए ।

    अब चुनाव अघि नै हुने भएपछि चुनावअघि नै आफूलाई महानिरीक्षक बनाउने खेलमा उनी लागेका छन् ।

    संगठनलाई बर्बाद बनाएर आफ्नो एकल स्वार्थपूर्तिमा लागेपछि प्रहरी मुख्यालयमा समेत उनी एक्लिएका छन् ।

    सर्वोच्चको फैसलापछि यो सरकार नरहन सक्ने र नयाँ सरकार बनेपछि आफू महानिरीक्षक हुने सम्भावना कम भएकाले पनि उनले अहिले नै यस्तो दौडधुप गरेका हुन् । मंगलबारको दृष्टि साप्ताहिकमा खबर छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij