आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रामकुमारी झाँक्रीलाई प्रहरीमा उपस्थित हुन निर्देशन, आफैं उपस्थित नभए पक्राउ गरिने

  • प्रकाशित मिति : बिहिबार, माघ २९, २०७७



  • Interview with Ram Kumari Jhakri, federal lawmaker of Nepal Communist Party (NCP) and a member of the Finance Committee of the Federal Parliament, in Kathmandu, on Friday, April 19, 2019. Photo: Naresh Shrestha/THT

    काठमाडौं। नेकपा नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले सोधपुछका लागि बोलाएको छ । प्रहरीले झाँक्रीलाई आजै उपस्थित हुन भनेको र प्रहरीमा स्वयं उपस्थित नभए उनलाई पक्राउ गरिने जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई व्यक्तिगत रुपमा चरित्रहत्या गर्ने ढंगले अभिव्यक्ति दिएको आरोपमा उनलाई प्रहरीले बोलाएको हो ।

    झाँक्रीले राष्ट्रपति भण्डारीसहित एकल महिलाप्रति लक्षित गरेर आपत्तिजनक अभिव्यक्ति दिएको अभियोग प्रहरीले सोधपुछ गर्ने भएको हो । झाँक्रीले केही दिनअघि गोरखामा भएको कार्यक्रममा राष्ट्रपति भण्डारीलाई लक्षित गर्दै आपत्तिजनक टिप्पणी गरेकी थिइन् । सोही विषयमा सोधपुछ गर्नका लागि बोलाइएको अपराध महाशाखाका एसपी कृष्ण कोइरालाले पुष्टि गरे ।

    झाँक्रीले गोरखाको एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा राष्ट्रपतिप्रति आपत्तिजनक टिप्पणी गरेको भन्दै चर्को विरोध भएको थियो । झाँक्रीले गोरखामा भाषण गर्ने क्रममा ‘सेतो सारी लगाएर भोट माग्ने प्रवृत्ति’ भन्दै राष्ट्रपतिसहित एकल महिलाप्रति लक्षित गर्दै टिप्पणी गरेकी थिइन् । यही विषयलाई लिएर अखिल नेपाल महिला संघले कारवाहीको माग गर्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij