आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

निजामती कर्मचारीको अवकाशका लागि उमेर हद ६० वर्ष

  • प्रकाशित मिति : शुक्रबार, माघ ३०, २०७७



  • धनुषा । प्रदेश नं २ सरकारले प्रदेशका निजामती कर्मचारीको अनिवार्य अवकाशको सन्दर्भमा उमेरको हदलाई ६० वर्ष कायम गरेको छ । प्रदेशसभाबाट २०७७ कात्तिक ३ गते पारित भई २०७७ माघ १६ गते प्रदेश प्रमुख कार्यालयमा दर्ता भएको विधेयकलाई नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम बुधबार प्रदेश प्रमुख तिलक परियारले प्रमाणीकरण गरेको प्रदेश निजामती सेवा ऐन, २०७७ मा प्रदेश निजामती कर्मचारीले ६० वर्ष पूरा भएपछि सेवाबाट अनिवार्य अवकाश पाउने व्यवस्था रहेको छ ।

    सो ऐनबमोजिम अनिवार्य अवकाश वा अन्य प्रयोजनका लागि प्रदेश निजामती कर्मचारीको उमेर गणना गर्दा निजले पेश गरेको शिक्षण संस्थाको प्रमाणपत्रमा उल्लेख गरिएको जन्म वा वर्षबाट हुन आउने उमेर वा निजको नागरिकताको प्रमाणपत्रमा उल्लेख गरिएको जन्मदिन तथा वर्षबाट आउने उमेर वा निजले व्यक्तिगत विवरणमा लेखी दिएको जन्मदिन वा वर्षबाट आउने उमेरमध्ये जुन उमेरबाट पहिले अवकाश हुन्छ, त्यसैलाई आधार मानेर गणना गरिने भनेर व्यवस्था रहेको उल्लेख गरिएको छ ।

    त्यसैगरी ऐनअनुसार निवृत्तभरण पाउने अवस्था र उमेरको हद ५३ वर्ष पूरा भएका प्रदेश निजामती कर्मचारीले प्रदेश सरकारद्वारा प्रदेश राजपत्रमा प्रकाशित सूचनामा तोकिएको अवधिभित्र सोही सूचनामा उल्लेखित शर्तमा स्वेच्छिक अवकाश लिनसक्ने व्यवस्था गरिएको छ । सो ऐनअन्तर्गत प्रदेश निजामती सेवामा सहायक तेस्रो तहदेखि अधिकृत बाह्रौँ तहसम्मका कर्मचारी रहने व्यवस्था छ ।

    प्रदेश निजामती सेवामा प्रशासन सेवा, कृषि सेवा, शिक्षा सेवा, स्वास्थ्य सेवा, कानून सेवा, वन सेवा, आर्थिक, योजना तथा तथ्याङ्क सेवा, इञ्जिनीयरिङ सेवा र विविध सेवाको गठन गरिएको छ । ऐनमा खुला र अन्तर सेवा प्रतिस्पर्धाको दायरा बढाइएको छ । जनसङ्ख्याका आधारमा समानुपातिक र समावेशीको सुनिश्चितता गरिएकालगायत थुप्रै प्रगतिशील प्रावधानको व्यवस्थासमेत गरिएको छ ।

    मुख्यन्यायाधिवक्ता दीपेन्द्र झाले सङ्घीयता कार्यान्वयनमा कोशेढुङ्गाका रूपमा रहेको यो प्रदेश निजामती ऐनले प्रदेशलाई स्वायत्त, अधिकार सम्पन्न बनाई विकासको बाटोका लागि मार्गप्रशस्त गरेको बताए । झाका अनुसार प्रदेश निजामती सेवा ऐनले बाँकी अन्य छ प्रदेश र सङ्घीय निजामती ऐन बनाउनसमेत मार्गनिर्देशनको सन्दर्भमा बाटो खोलेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij