आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

शिक्षकको कुटाइबाट बालकको मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, माघ ३०, २०७७



  • झापाको एक विद्यालयमा अध्ययनरत बालकको मृत्यु भएपछि विद्यालय विवादमा तानिएको छ। शिक्षकको कुटाइबाट ती बालकको मृत्यु भएको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ। कनकाई नगरपालिका—६ स्थित चम्पापुर माध्यमिक विद्यालयमा अध्ययनरत १० वर्षीय कृष्णप्रसाद राजवंशीको बिहीबार उपचारका क्रममा मृत्यु भएको हो। उनी कक्षा ४ मा अध्ययनरत थिए।

    राजवंशीको मृत्युपछि विद्यालयको कार्यालय सहायक (खरिदार) पदमा कार्यरत रविन मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।मगरले कक्षा ४ मा पठनपाठन गराउने क्रममा सोधेको कुरा नजानेको भन्दै गत माघ१८ गते राजवंशीलाई कुटपिट गरेका थिए।

    शिक्षकको कुटाइबाट विद्यार्थीको कान सुन्निएपछि उपचारका लागि तत्काल स्थानीय कामेश मेडिकल लगिएको थियो। मेडिकलमा सामान्य उपचारपछि उनलाई घर पठाइएको थियो। घर पुगेपछि पनि बालकले आफूलाई शिक्षकले कुटेको कुरा अभिभावकसँग बताएनन्। तर, घरमा कान झनै सुन्निन थालेपछि आफन्तले बारुलाले टोकेको होला भनेर बालकका साथीसँग सोधपुछ गरेका थिए। त्यसपछि राजवंशीका साथीले उनलाई शिक्षकले कान मोलेर यस्तो भएको बताएका थिए।

    बालकको स्वास्थ्य अवस्था झनै बिग्रिँदै गएपछि थप उपचारका लागि तत्काल बिर्ता सिटी हस्पिटल लगिएको थियो। तर, त्यहाँ पनि उपचार सम्भव नभएपछि बी एन्ड सी पुर्‍याइएको जानकारी विद्यालयका एक शिक्षकले जानकारी
    दिए।

    त्यहाँ पनि उपचार सम्भव नभएको भन्दै बिहीबार विराटनगरस्थित नोबेल मेडिकल कलेज पठाइएको थियो। तर, अस्पताल पुर्‍याएर उपचार सुरु गरेलगत्तै विद्यार्थीको मृत्यु भयो ।

    आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij