आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

क्रान्ति आजको वस्तुगत परिस्थितिको उपज हो। भिम बहादुर ओली

  • प्रकाशित मिति : शनिबार, फाल्गुन १, २०७७



  • क्रान्ति पछी प्रतिक्रान्ति अहिले सम्मको सार्वभौम मार्क्सवादी दृष्टिकोण हो। प्रतीक्रान्ती रोक्नका लागि पछिल्नो समयमा आविस्कार गरिएको निरन्तर क्रान्तिको शिद्धान्तका रूपमा हामीहरूले महान सर्वहारा साँस्कृतिक क्रान्तिलाई बुझ्ने गरेका छौ।
    २० औँ शताब्दीमा संसारभर प्रतिक्रान्ति रोक्न सकीयएन तर २० औं शताब्दीको प्रारम्भमा हामीहरू नेपालमा प्रयासरत छौ। हामीहरू संग आज संसारभरका अनुभव र शिक्षाहरू छन २० औँ शताब्दीको अवस्थामा छैनौ। नेपालमा चलेको १० वर्षको महान् जनयुद्ध र थुप्रै आन्दोलनहरूको नेपाली संश्लेषणका साथै रूस,चीन,अमेरिका,भियतनाम,कोरिया लगायत सयौँ मुलुकहरूको शिक्षाले समृद्ध चेतना र सामर्थ्य छ।
    जस्का कारणले आज नेपाली नयाँ दलाल सरकारका विषयमा नजाऔं विश्व साम्राज्यवाद नै हामीसंग हल्लिएका कारण नेपालमा फाँसीवादी अभ्यास केपी मार्फत गराईरहेका छन। आज नेपालमा लाखौँ जनता सडकमा छन तर संसारभर जनवादी र समाजवादी राज्यसत्तामा प्रतिगमन हुदा नेता र जनताहरू प्रतिगमन रोक्ने हैसियतमा उपस्थित हुन सकेनन्।
    नेपालमा जनताको यो उपस्थिति नेकपाको योजनामा अगाडी बढेको छ जहाँ सर्वहारावर्गको नेतृत्व अग्रमोर्चामा देखिन्छ जुन कुरा प्रतिगामी सरकार संचालकका लागि चुनौतिपूर्ण र विडम्बना पुर्ण छ जो कुरा इतिहासले पाउन सकेको थिएन, वर्तमान अवस्थामा नेपालले पाईरहेको छ।
    आउदा दिनहरुमा राम कू झाँक्री जस्ता क्रान्तिकारी थुप्रै योद्धाहरूको गिरफ्तारी मात्र नभै यो प्रतिगामी सरकारले हत्या पनी गर्नेछ जसबेला नेपाली जनताबाट ससक्त प्रतिरोध अनिवार्य छ।
    प्रतिक्रियावादी सरकारले आफुले सक्दा महान् सर्वहारा साँस्कृतिक क्रान्तिका महान योद्धाहरु चियाङ् चिङ, चाङ चुङचाओ लगायतका सयौ योद्धाहरुको जीवन जेलमै जसरि सिध्ध्यायो सोही तरिकाले नेपालमा पनि सक्ने अभियानामा लाग्दै छन। अज्ञानतावस क्षणिक हिसावले प्रतिगामी कित्तामा लागेका मित्रहरूले परिस्थितिको बदलावलाई समयमै ऑकलन गरी आफुलाई परिवर्तन कामीहरूको बुझाई संग सामीप्यता कायम गर्नु बुद्दिमत्ता ठहर्नेछ।
    जनताको अगाडी कुनैपनि तानासाह सुरक्षीत हुन सकेनन् र नेपालमा पनि सम्भव छैन यही बुझाई नै आजको अग्रगामी बुझाई हो। आफुलाई बदल्न चाहने सम्पुर्ण योद्धाहरुले वर्तमान अवस्थाको पागलसरहको मुर्ख सरकारलाई अपदस्त गर्नकालागि एकताबद्ध हुन जरुरी छ।
    आज नेपाली तानासाहको हातमा न सेना, न अदालत,न निर्वाचन आयोग केही छैन तर आफु अनुकूल भएको नक्कलि वकवास मात्र छ। प्रतिक्रियावादीहरू सारमा कागजी बाघ भयकाले शिकार गर्ने कुरा इतिहासले असम्भव प्रमाणित गरिसकेको यस घडीमा आज उनीहरू अवैधानिक सरकारबाट छटपटाइ रहेका छन। सारतः आजको समग्र परिवेशलाई ऑकलन गर्दा दलहरू र देशै आन्दोलित भएको यस घडीले प्रतिगमनकारी सरकार विघटन गरी नयाँ सरकार बन्ने निश्चित छ।
    यो स्वईच्छाचारी सरकार अपदस्त हुनु भनेकै प्रतिगमन परास्त हुने र अग्रगामीहरूको विजय हो यही अर्थमा आजको संघर्ष निरन्तरतामा बढीरहेको छ। दलालहरू जनता सुतेको समयमा मात्र सफल भयका छन तर नेपालमा जनताहरू सडकमा छन यो नै उनीहरुको पराजयको र मृत्युको संकेत हो।
    हामीहरूले नेपालमा राणा,पंचायत र राजा निरन्तरतामा फ्याक्यौ,संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्यौ र समाजवाद उन्मुख संविधान बनायौ, तर छोटै समयमा नेपाल सरकारले समग्र जनताका उपलब्धीहरुलाई निष्तेज पार्यो। पटक पटकका संघर्षहरूले नेपालमा स्थायी प्रकारको शान्ति आउन सकेन साथै जनताको जीवनस्तरमा पनी समृद्ध सुनिश्चित गर्न सकीएन।
    हामीहरूले आजको प्रतिगमन रोकौला तर यही चक्र निरन्तरतामा दोहोरिने हो भने नेपाली जनताको बलिदानलाई पुनः पुनराबृतका रुपमा मात्र हो त बुझ्ने भन्ने विषय आजको गम्भीर विषय हो।
    अबको आन्दोलनको नेतृत्व पनी हामीहरु बाटै सम्भव छ तर परिवर्तनका लागि आधारभुत विषयहरुमा सुनिश्चित् गर्न जरुरि छ।उक्त विषयहरुमा सुनिस्चित छलफलको उठान आवस्यक छ।
    नेपाल कृषि प्रधान देश र उत्पादनमा परनिर्भर छ जस्का लागि नेपाली कृषकहरुलाई कृषिमा यान्त्रिकरण,आधुनिकीकरण,सहकारीकण र प्राविधिक पक्षमा ब्यबस्थापन गर्न नसक्ने हो भने नेपाली कृषकहरुले के अपेक्षाका लागि आन्दोलन गर्ने। अर्थतन्त्र र जिवनस्तरमा फरक नआउने संघर्ष जनताका लागि के काम, के सीमित सासकहरूलाई वर्ग उत्थान गराउन। नेपाल जलश्रोतका हिसावले संसारमै अग्रणिय स्थानमा भयर के गर्ने स्वच्छ खानेपानीको अभावमा हामी नेपालीहरू,उचित समयमा सिंचाई प्रबन्ध नभयको कृषी प्रधान देश र विद्युत अरूलाई निर्यात भन्दा आयात गर्ने हामी , कसरी यो तरिकाले समृदी आउला।
    हामीले विश्वास र निर्माण गरेका शासकहरुले यही काम गर्छन यो भन्दा नयाँ बनाउने तरिका हाम्रो खोजी कै विषय हुनु पर्छ। वनपैदावरका हिसावले हामी हरियो वन नेपालको धन भन्दै बुढा भै सक्यौ तर नेपालको वनलाई वर्षेनी आगो लगाएर विदेशबाट काठ आयात गर्ने हाम्रा शासकहरु छन।
    रातारात तस्करी गर्दै सासक बन्ने,वैज्ञानिक र ब्यवस्थित योजनामा केन्द्रिय नभै दलाल तथा नोकरसाहहरू मोटाउने कार्यक्रम तथा फर्निचरको ब्यवस्थापन आल्मुनियममा भरपर्ने अवस्था आएपछि हामी नेपालीहरूको कसरी आउछ समृदी।
    कृषिमा आधारित या आफ्नो उत्पादनमा निर्भर उध्योग र कलकारखाना स्थापना गर्नुको विपरित भयका उद्योगहरु दलालीकरण र निजीकरण गरे पछी हामी राष्ट्रिय स्वाभिमानको रक्षा कसरी गर्न सकौला। राष्ट्रिय पुँजीको रक्षा गर्न हामीहरुले सकेनौ भने बहुराष्ट्रिय निगम,वित्तीय पूँजी र भूमण्डलीकृत प्रविधिसंग कसरी प्रतिस्पर्धा गर्न सकौला।
    पर्यटन,खनिज,शिक्षा,स्वास्थ्य र रोजगारलाई व्यवस्थित आज सम्म गर्न नसक्ने दलाल सरकारलाई अपदस्त गर्नकालागि एकताबद्ध हुन जरुरी छ। अपदस्त गरिसके पछी हाम्रा अभिभाराहरू माथी उल्लेखित हुन जरूरी छ, जस्को कार्यान्वयनमा जनताहरूको विश्वास होस।
    क्रान्ति आजको वस्तुगत परिस्थितिको उपज हो जुन कुरा परिपक्व हिसावले अगाडी बढेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij