आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

असार मसान्तसम्म बैंकहरुले ऋणीको धितो लिलाम गर्न नपाउने

  • प्रकाशित मिति : सोमवार, फाल्गुन ३, २०७७



  • बैंकहरुले कोरोना माहामारीले ऋण तिर्न नसकेकाहरुको धितो लिलामका र कालोसूचीको सूचना प्रकाशन गरेको भन्दै व्यापक विरोध भएकोमा खबदेखि ६ महिनासम्म यस्तो कार्य गर्न नपाइने भएको छ ।

    आर्थिक वर्ष २०७७।०७८ को मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । मौद्रिक नीतिको समिक्षामा कोरोना प्रभावित ऋणीको छ महिना भन्दा बढीको ऋण बाकी नरहेको अवस्थामा त्यस्तालाई धितो लिलामी र कालोसूचीमा राख्ने काम २०७८ असार मसान्तसम्मका लागि स्थगन गरेको उल्लेख छ ।

    यस्तै व्यक्तिगत आवधिक कर्जाको ब्याजदर कर्जा अवधिभर परिवर्तन नहुने गरी प्रवाहित कर्जामा ऋणीसँगको लिखित सहमतिमा पहिलो पटक ७ वर्षमा र त्यसपछि प्रत्येक ५ वर्षमा ब्याजदर पुनरावलोकन गर्न सकिने व्यवस्था गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij