आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अफगान सेनाको कारबाहीमा सात आइएस आतङ्ककारी मारिए

  • प्रकाशित मिति : सोमवार, फाल्गुन ३, २०७७



  • जलालाबाद । अफगान सरकारी सुरक्षाबलले अफगानिस्तानको पूर्वी प्रान्त नाार्गाहारमा जारी राखेको बिशेष सुरक्षा कारबाहीका क्रममा इस्लामिक स्टेट्स् (आइएस) आतङ्ककारी समूहका सात जना लडाकू मारिएका प्रान्तीय सरकारद्धारा सोमबार जारी विज्ञप्तिमा जनाएको छ ।

    प्रान्तीय राजधानी जलालाबाद शहरको, बाहिरी इलाकामा रहेको घोच्को क्षेत्रमा आइएस आतङ्ककारी लुकेर बसेको आखाडालक्षित भएको सुरक्षा कारबाहीमा एक आत्मघाती बम आक्रमणकारीलगायत आइएसका सात लडाकू मारिएका समाचारमा जनाइएको छ ।

    यस कारबाहीको क्रममा सुरक्षा अधिकारीहरुले चार ओटा आत्मघाती भेस्ट, तीन ओटा एके–४७ राइफल र विस्फोटक पदार्थ र हाते ग्रेनेडसमेत कब्जा लिएको जनाइएको छ ।

    नान्गार्हार प्रान्तको यस भागमा सक्रिय रहेका आइएस लडाकू समूहले भने कारबाहीका बारेमा केही बताएका छैनन् ।रासस/सिन्ह्वा

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij