प्रकाशित मिति : बुधबार, फाल्गुन ५, २०७७
काठमाडौं । सरकारले अब १० कक्षामा पनि भर्ना हुन पाइने व्यवस्था गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको संशोधन प्रस्तावअनुसार शिक्षा नियमावली (नवौं संशोधन), २०७७ राजपत्रमा प्रकाशित भएसँगै अबदेखि कक्षा १० मा विद्यार्थी भर्ना हुन पाउने भएका हुन्।
हालसम्म कक्षा १० मा विद्यार्थी भर्ना गर्ने प्रावधान थिएन । शिक्षा नियमावली, २०५९ को नियम ८० मा ‘महामारी वा यस्तै अन्य विपद्का कारण पठन पाठन अवरुद्ध भई विद्यालयबाट स्थानान्तरण हुनु परेको विद्यार्थीले स्थानान्तरण भई आउन चाहेको स्थानको विद्यालयले सो व्यहोरा खोली निवेदन दिएमा सम्बन्धित विद्यालयले त्यस्तो विद्यार्थीलाई स्थानान्तरण गर्नुपर्ने’ व्यवस्था गरिएको हो ।
यसअघि वैवाहिक सम्बन्धको कारण वा सरकारी कर्मचारी रहेका अभिभावकको सरुवा भएको अवस्थामा बाहेक कक्षा १० मा भर्ना हुन नपाइने व्यवस्था थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij