आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ओखलढुंगा कांग्रेसले असल मित्र गुमायो, खतिवडाद्वारा श्रद्धाञ्जलि व्यक्त

  • प्रकाशित मिति : आइतवार, फाल्गुन ९, २०७७



  • काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले ओखलढुंगा कांग्रेसका महासमिति सदस्य एवं जिल्ला कार्यसमितिका पूर्व सचिव मित्रसेन दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

    खतिवडाले ट्वीट गर्दै दाहाललाई गुमाउँदा आफूले असल साथी गुमाएको बताएका हुन् ।

    ‘आज बिहान समाजसेवी, असल राजनीति मित्र, मेरा अनन्य सहयोगी मित्रसेन दाहालको निधनको दुःखद् समाचारले हामी सबै दुखित् छौं’, उनले भनेका छन् ।

    खतिवडाले दाहालप्रति श्रद्धाञ्जलि र शोकमा रहेका परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

    खतिवडाले ओखलढुंगा कांग्रेसले राम्रो राजनीतिक संकार भएको समाजसेवी नेता गुमाएको बताएका छन् । ‘हाम्रो लागि यो अतुलनीय ठूलो क्षति हो’, कांग्रेस नेता खतिवडाले भनेका छन् । कांग्रेस नेता दाहालको शुक्रबार बिहान पौने दश बजे काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा हृदयघातबाट निधन भएको थियो ।

    विक्रम संवत २०१९ मंसिर ४ गते ओखलढुंगाको वरुणेश्वर—४ मा जन्मिएका दाहाल विक्रम संवत २०७४ सालमा सम्पन्न भएको प्रदेश सभा निर्वाचनमा ओखलढुंगा जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भएका थिए ।

    स्व.दाहालले नेपाली कांग्रेसद्वारा संचालित विक्रम संवत २०४२ सालको सत्याग्रह र लोकतान्त्रिक आन्दोलनका क्रममा पटक–पटक गरी डेढ वर्ष जेल जीवन समेत व्यतित गरेका छन् ।

    स्व.दाहाल राजनीतिक क्षेत्रको साथ साथै लामो समयदेखि दर्जनौं सरकारी तथा गैरसरकारी, व्यावसायिक, सामाजिक, शैक्षिक र विविध संघसंस्थाहरूमा संलग्न रहँदै आएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij