आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दोर्दी–१ को बिजुली वैशाखदेखि

  • प्रकाशित मिति : सोमवार, फाल्गुन १०, २०७७



  • लमजुङ । लामो समय कोभिडले प्रभावित बनेको यहाँका दोर्दी–१ आयोजनाबाट आगामी वैशाख महिनादेखि बिजुली उत्पादन थाल्ने भएको छ । लमजुङको दोर्दी गाउँपालिका– ६ ढोडेनीमा निर्माणाधीन १२ मेगावाट क्षमताको दोर्दी–१ जलविद्युत् आयोजनाको आगामी वैशाख महिनाबाट बिजुली उत्पादन गर्ने लक्ष्यअनुरुप काम अघि बढाइरहेको आयोजना प्रमुख उज्जवल सिलवालले बताए ।

    उनले भने, “कोभिडका कारणले झण्डै ६ महिना जस्तै काम प्रभावित भएकाले निर्माण अवधि लम्बिन पुगे पनि अब निर्धारित समयमा काम सम्पन्न गर्दै बिजुली उत्पादन गर्छौ ।” आयोजनाको हालसम्म ९० प्रतिशत बढी निर्माण कार्य सम्पन्न गर्दै बाँकी पनि सम्पन्न गर्न कामलाई तीव्रता दिँदै आएको उनको भनाइ छ । गत चैत महिनामै बिजुली उत्पादन गर्ने आयोजनाले जनाए पनि विविध कारणले निर्माण अवधि बढेको आयोजनाले जनाएको छ ।

    यस आयोजनाको दुई हजार ५१५ मिटर लामो रहेको सुरुङ ब्रेक थु्र भएको आयोजनाले जनाएको छ । त्यस्तै सिभिल संरचना निर्माणको काम सम्पन्न गरेको छ । आयोजनाको ७०० मिटर पेनस्टक पाइपमध्ये १५० मिटर पाइप जडान हुन बाँकी रहेको आयोजना प्रमुख सिलवालले बताए ।

    आयोजना आफैँले सव स्टेसनसम्म आवश्यक पर्ने साढे तीन किलोमिटर लामो प्रसारण लाइन निर्माण गरिरहेको छ । उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने १३२ केभी कीर्तिपुर सव स्टेसनमा जोडिने छ । यसको काम हालसम्म ८० प्रतिशत सम्पन्न भएको र २० प्रतिशत मात्र बाँकी छ ।

    त्यस्तै, पावर हाउसमा मेसिन जडानको काम भइरहेको आयोजनाले जनाएको छ । रु दुई अर्ब २९ करोडको लगानीमा निर्माणकार्य सक्ने लक्ष्यका साथ विसं २०७४ बाट थालनी गर्दै विसं २०७६ चैत महिनामा सक्ने आयोजनाको लक्ष्य थियो । तर अघिल्लो वर्ष दोर्दी खोलामा आएको बाढी, लकडाउनलगायतका कारणले निर्माण अवधि लम्बिएको हो । आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग वर्षायाममा चार रुपैयाँ ८० पैसा र सुक्खायामका लागि ८ रुपैयाँ ४० पैसामा विद्युत् खरीद सम्झौता (पिपिए) गरेको छ ।

    त्यस्तै यस आयोजना अघि यस दोर्दी कोरिडोरमै निर्माणाधीन दुई आयोजनाले आगामी चैत महिनाभित्रै बिजुली उत्पादन गर्ने भएको छ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् र लिबर्टी इनर्जी लिमिटेडद्वारा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ आयोजनाबाट बिजुली उत्पादन हुने भएको छ । यस जिल्लाबाट चैत महिनामा यी दुई आयोजना गरी ५२ मेगावाट बिजुली उत्पादन भएसँगै राष्ट्रिय प्रशारण लाइनमा जोडिनेछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij