आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

हैदराबादमा नेपाली युवा जोडीको दुर्घटनामा मृत्यु, मदिरा पिएर ट्रक चलाउने चालक फरार

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन ११, २०७७



  • काठमाडौं। भारतको हैदराबादमा नेपाली युवा जोडीको ट्रकले किच्दा मृत्यु भएको छ । सोमबार हैदराबादको अलवलमा ट्रकले किच्दा निर्माण मजदूरको काम गर्ने दम्पतीको मृत्यु भएको हो । पुलिसलाई उद्धृत गर्दै तेलंगना टुडेले लेखेअनुसार ३५ वर्षका रुपलाल भण्डारी र उनकी पत्नी ३० वर्षकी मिना देवी काम सकेर बोलारममा रहेको आफ्नो निवास फर्किने क्रममा बाटोमा हिँड्दै गर्दा दुर्घटना भएको थियो ।

    ट्रकका चालकले मदिरा पिएर मनपरी गाडी चलाइरहेको र उनले नेपाली दम्पतीलाई अलवलको शिव मन्दिर नजिकै पछाडिबाट ठक्कर दिएको बताइएको छ । ‘ड्राइभरले नियन्त्रण गुमाए र ट्रक दम्पतीमाथि चढेर अगाडि बढ्यो । उनीहरुको घटनास्थलमै मृत्यु भयो’ पुलिसले भन्यो । पुलिसका अनुसार नजिकै हिँडिरहेका यात्रुहरुले उनहिरुलाई नजिकैको निजी अस्पताल लगेका थिए तर त्यहाँ पुग्दासम्म उनीहरुको मृत्यु भइसकेको थियो ।

    पुलिसले लापरवाहीका कारण मृत्यु भएको मुद्दा दर्ता गरेर कारवाही अगाडि बढाएको छ । दम्पतीको शवलाई गान्धी अस्पतालमा पोस्टमार्टमको लागि पठाइएकोमा पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइएको छ । दुर्घटनापछि चालक फरार भएको र पुलिसले उनलाई पक्राउ गर्न प्रयास गरिरहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij