आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले नाक भाँचिदिए

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन १३, २०७७



  • WASHINGTON, DC - JULY 17: President Obama speaks at a press conference in the Brady Press Briefing Room at the White House on July 17, 2016 in Washington, DC. Obama remarked on the shooting in Baton Rouge, Louisiana in which three officers were killed and three more wounded by armed suspects. (Photo by Leigh Vogel/Getty Images)

    काठमाडौं। अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले जातीय भेदभावसम्बन्धी एउटा रोचक घटनाको वर्णन गरेका छन् । ओबामाका अनुसार विद्यालयका दिनहरूमा उनका एक जना साथीले उनीमाथि जातीय र रंगभेदी टिप्पणी गरेका थिए । रिसको झेंकमा ओबामाले ती साथीको नाक भाँचिदिएका थिए ।

    ओबामाका अनुसार उक्त घटना विद्यालयको लकर रुममा भएको थियो। ओबामा ८ वर्षसम्म अमेरिकाको राष्ट्रपति थिए। उनले दुई कार्यकाल पूरा गरे । त्यस अवधिमा जो बाइडेन उपराष्ट्रपति थिए । बाइडेन अहिले अमेरिकाका ४६ औं राष्ट्रपति भइसकेका छन्।

    द हिलको एक रिपोर्टअनुसार, ओबामाले जातीय भेदभावबारे एक पोडकास्टमा यो खुलासा गरेका हुन् । ब्रुस स्प्रिङस्टेनको शोमा ओबामाले उक्त घटनाको बारेमा भने– ‘म स्कूलमा छँदा मेरा धेरै साथीहरू थिए। एक जना साथी विशेष थिए । हामी सँगै बास्केटबल खेल्थ्यौं । एक पटक हामी खेल्दै थियौं। यही क्रममा झगडा भयो। उनले मलाई केही जातिवादी शब्दहरू भने । उनले भनेको कुराको अर्थसमेत शायद उनलाई थाहा थिएन । म रिसले चूर भएँ । मैले उसको नाकमा मुक्का हिर्काएँ र उसको नाक भाँचिदिएँ ।’

    अमेरिकाका पहिलो अश्वेत राष्ट्रपति ओबामाले भने, ‘घटनापछि मैले साथीलाई उसले भनेको कुरा बताएँ ।’ ओबामाले पहिलो पटक यस्तो घटना सार्वजनिक रुपमा उल्लेख गरेको विश्वास गरिएको छ। ओबामाले अगाडि भने ‘म गरिब र भद्दा हुन सक्छु। तर यसको मतलब कसैले मेरो अपमान गर्छ भन्ने होइन। अनि मैले नगरेको गल्तीको लागि म कसरी सजाय पाउन सक्छु ?’

    अमेरिकामा भएको पछिल्लो चुनावमा धेरै पटक जातीय विभेदको मुद्दा उठेको थियो। ओबामाले आफ्नो कार्यकाल र त्यसपछि पनि धेरै पटक यस विषयमा उल्लेख गरेका छन्। सन् २०१५ मा उनले भनेका थिए, ‘अमेरिकामा जातीय भेदभावको कुनै स्थान छैन । हामी यसलाई कुनै पनि तरिकामा स्वीकार्न सक्दैनौं । यो ३०० वर्षभन्दा पहिले नै हुन सक्थ्यो तर अहिले यसको कुनै ठाउँ हुन सक्दैन ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij