शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

दुर्घटनाग्रस्त ट्यांकरबाट तेल भर्दै गरेको भिडियो भाइरल

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन १४, २०७७



  • १३ फागुन, काठमाडौं । दुर्घटनाग्रस्त ट्यांकरबाट पोखिएको डिजेल जर्किन तथा बोत्तलमा भर्दै गरेको एउटा भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल छ । भिडियोमा दुर्घटनामा क्षतिग्रस्त भएर सडकमा लडिरहेको ट्यांकरमा निस्किएको पेट्रोलियम पदार्थ केही मानिसहरु बोत्तल तथा जर्किनमा डिजेल भरिरहेका देखिन्छन् ।

    ट्यांकरको पछाडि पट्टीबाट बगिरहेको डिजेल भर्ने मध्येका एक बर्दी कै प्रहरी पनि छन् । उक्त भिडियो केही घण्टाअघि मात्रै दीपु राना नामको अकाउन्टबाट टिकटकमा पोष्ट भएको छ । भिडियोमा जोखिमपूर्ण रुपमा तेल भरिएको देखिन्छ ।

    एक महिनाअघिको घटना

    गत माघ १५ गते रोल्पा सदुमुकाम नजिकै भएको दुर्घटनाको भिडियो अहिले बल्ल सार्वजनिक भएको जिल्ला प्रशासन कार्यालय रोल्पाले जनाएको छ । रोल्पा नगरपालिका वडा नं. १ भदौरे मन्दिरको घुम्तिमा ना ४ ख २२५७ नम्बरको ट्याङ्कर सडक देखि करिव ५० मिटर तल खसेर दुर्घटनामा परेको रोल्पाका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले बताए ।

    ‘एउटा घुम्तीबाट खसेर ट्यांकर अर्को घुम्तीमा आईपुगेको र दुर्घटनामा चालकको मृत्यु भएको थियो । भिडियो एक महिना अघिको होे,’ प्रजिअ रानाले भने ।

    नेपालगञ्ज डिपोबाट रोल्पामा रहेको जलजला पेट्रोल पम्पको तेल बोकेर आएको ट्याङ्कर दुर्घटनामा परेको थियो । दुर्घटनामा परी चालक हरबजन सिंहको ज्यान गएको थियो भने सहचालक १९ वषिर्य सुनिल शंकर सामान्य घाइते भएका थिए ।

    जोखिमपूर्ण काम

    भाइरल भिडियोमा मानिसहरु हतार-हतार डिजेल भरिरहेका देखिन्छन् । त्यसरी डिजेल भरेको भिडियो प्राप्त भएको नेपाल आयल निगमले जनाएको छ ।

    कुनै पनि दुर्घटना लगत्तै इन्धनको ट्यांकरबाट त्यसरी इन्धन भर्न अत्यन्तै जोखिमपूर्ण भएको निगमका प्रवक्ता विनित मणि उपाध्याय बताउँछन् ।

    ‘हामीले पनि ढिलै थाहा पायौं, यो घटना झण्डै एक महिना अघिको हो । त्यस्तो काम गर्नु अर्को दुर्घटना निम्त्याउनु हो,’ प्रवक्ता उपाध्यायले भने ।

    प्रज्वलनशील डिजेलमा छिटो आगो सल्किने र त्यसले ठूलो मानवीय क्षति निम्त्याउन सक्ने उनले बताए ।

    डिजेल प्रज्वलनशील भएकै कारण यसलाई अनाधिकृत बिक्रीमा रोक लगाइएको तथा ट्यांकरमा अति प्रज्वलनशील पदार्थ भनि लेखेरै ढुवानी गरिने गरिएको उनको भनाइ छ ।

    यस्ता सवारी साधन दुर्घटना लगत्तै सुरक्षा गर्नु पर्ने प्रहरी पनि तेल भर्न लाग्नु भने लज्जाको विषय भएको निगमले जनाएको

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij