आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गोङ्गबु हत्याकाण्डमा संलग्न कल्पना मुडभरीलाई आजीवन कारावास, छोरीलाई सफाइ

  • प्रकाशित मिति : बुधबार, फाल्गुन १९, २०७७



  • काठमाडौं । गत साउन २५ गते काठमाडौको गोङ्गबुमा कृष्णबहादुर बोहोराको हत्या घटनामा संलग्न अभियुक्त कल्पना मुडभरी पौडेललाई आजीवन कारावासको सजाय सुनाइएको छ भने छोरीलाई सफाइ दिइएको छ ।

    जिल्ला अदालत काठमाडौंले अभियुक्त मुडभरीलाई आजीवन कारावासको सजाय सुनाएको हो । अदालतले अभियुक्त मुडभरीलाई अपराधी ठहर गर्दै आजीवन कारावासमा राख्ने फैसला सुनाएको काठमाडौ जिल्ला अदालतले जनाएको छ ।

    गोङ्गबुमा कृष्णबहादुर बोहरालाई कल्पनाले आफ्नै कोठाभित्र हत्या गरेकी थिइन्। बोहोराको शव शरीर र टाउको छुट्टिएको अवस्थामा विष्णुमति किनारमा फेला परेको थियो । कल्पनाले बोहराको घाँटी रेटी हत्या गरेर शरीर टाउको छुट्टा छुट्टै सुटकेशमा हाली खोलामा फालेकी थिइन् ।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले कल्पनालाई जीवनभर कारावासको सजाय सुनाएको छ भने उनकी छोरीलाई सफाइ दिने फैसला गरेको छ । साथै मृतक कृष्णबहादुर बोहराको परिवारलाई राज्यकोषबाट ५५ हजार रुपैयाँ राहत उपलब्ध गराउने आदेश दिएको छ ।

    दाङका ४५ वर्षीय कृष्णबहादुर बोहरा र चितवनकी ३७ वर्षीय कल्पना मुडभरीबीच प्रेमसम्बन्ध रहेको तर सम्बन्धमा उतारचढाव आएपछि बोहराको हत्या गरेको कल्पनाले अदालतसमक्ष स्वीकार गरेकी थिइन् । दहीमा ५ वटा स्लिपिङ ट्याब्लेट घोलेर खुवाएपछि बेहोस बनेका बोहरालाई पछि अण्डकोषमा हम्मरले हानेर हत्या गरेकी थिइन् । त्यसपछि शव व्यवस्थापन गर्न बाथरुममा टुक्रा–टुक्रा पारेर सुटकेशमा हालेकी थिइन् । हत्याको करिब ७ महिनापछि नै जिल्ला अदालत काठमाडौंले कल्पनालाई आजीवन कैद फैसला सुनाएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij