आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

शोकमा आज देशभरका अदालत बन्द, नेकपा नामको विवादबारे फैसलाको मिति सर्‍यो

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन २०, २०७७



  • काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा सर्वोच्च अदालतले आज देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको छ ।

    हिजो बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले आज देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको हो । आज सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणलाई शोक बिदा दिने निर्णय गरेको सर्वोच्च अदालतले जनाएको छ ।

    पूर्वप्रधानन्यायाधीश सिंहको फागुन १८ गते साँझ निधन भएको थियो । सर्लाही जिल्लामा वि सं. १९८८ साल फागुन ३ गते जन्मनुभएका सिंह २०५२ साल असोज १० गते प्रधानन्यायाधीश नियुक्त हुनुभएको थियो ।

    यसैबीच सर्वोच्च अदालतले नेकपाको नामको विवादमा निर्णय सुनाउने मिति फेरि सरको छ । सर्वोच्चले गत विहिबार सो विवादबारेका फैसला सुनाउन आजको मिति तय गरेको थियो । तर आज शोक बिदा परेकाले नाको विवादबारे फैसला गर्ने मिति पछि धकेलिएको हो ।

    तत्कालीने नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि हालको सत्तारढ दल निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाममा दर्ता भएको थियो । तर निर्वाचन आयोगमा त्यसअघि नै ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी दर्ता भएको थियो ।

    कट्टेललले आफ्नो पार्टीको नामसँग मिल्नेन नाम राखेको भन्दै निर्वाचन आयोगविरुद्ध २०७५ मंसिर ५ गर्ते सर्वोच्चमा रिट निवेदनदर्ता गराउनुभएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij