प्रकाशित मिति : बिहिबार, फाल्गुन २०, २०७७
संसारका सात आश्चार्यमा पर्ने भारतको ताज महलमा बिहीबार बिहान एकाएक वातावरण त्रासले भरियो।
उत्तर प्रदेश प्रहरीको आपतकालीन नम्बर ११२ मा एक जना व्यक्तिले बिहान ९ बजेतिर फोन गरेर आग्रास्थित ताज महलमा आफूले बम राखेको र केहीबेरमा पड्किने बताएका थिए।
त्यस्तो फोन आएपछि प्रहरीले ताज महल परिसरमा रहेका सबै पर्यटकलाई हतार हतार बाहिर निकाल्यो। आसपासका क्षेत्रका पसलहरू बन्द गर्न लगायो। बम डिस्पोजल टोलीले बम राखिएको ठाउँको खोजी गरे।
सबै ठाउँमा खोजी गर्दा केही पनि नभेटिएपछि प्रहरीले आपतकालीन नम्बरमा आएको फोन झुठो भएको बताएको छ।
उक्त फोन फिरोजावादबाट आएको खुलेको प्रहरीले जनाएको छ।
लामो लकडाउनपछि ताज महल गत सेप्टेम्बरमा खुला गरिएको थियो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij