आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विप्लव नेतृत्वको नेकपाका सबै बन्दी रिहा हुने!

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन २०, २०७७



  • सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएसँगै समूहका सबै कैदीबन्दी रिहा हुने भएका छन्।

    वालुवाटारमा भएको सरकार र विप्लव समूहबीच तेस्रो वार्तामा तीनबुँदे सहमति भएसँगै विप्लव समूहका सम्पूर्ण बन्दी रिहा गर्ने र मुद्दा खारेजीलगायका विषय अघि बढाउने भएको हो।

    सरकारले २०७५ साल फागुन २८ गते बसेको मन्त्रिपरिषद बैठकले विप्लव समूह राजनीतिक नभई उसका गतिविधि आपराधिक भन्दै प्रतिवन्ध लगाउने निर्णय गरेको थियो।

    त्यसयता सरकारले सो समूहका नेता कार्यकर्तालाई छानी छानी पक्राउ गर्न थालेको थियो।

    सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको गतिविधिलाई नियन्त्रण गर्ने भन्दै धमाधम कार्यकर्ता पक्राउ गरेको थियो।
    प्रहरी प्रधान कार्यालयको पछिल्लो तथ्याङ्क अनुसार १२६ जना नेता–कार्यकर्ता जेलमा छन्। यही फागुन १७ गतेसम्म सो समूहका २ हजार ९८ जना पक्राउ परेका छन्। जसमध्ये १ हजार ८६४ जना मुद्दा दर्तापछि छुटेका छन् भने १२६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।

    प्रहरी प्रधान कार्यालयका अनुसार १८ जनाको मुद्दा अनुसन्धानको क्रममा छ। एक जनाको मुद्दा दर्ताको क्रममा छ।

    यस्तो छ २०७७ फागुन १० देखि २०७७ फागुन १७ गतेसम्मको पक्राउ विवरण

    २०७५ फागुन १० गतेदेखी ०७७ फागुण १७ गते सम्मको प्रदेश अनुसारको कुल पक्राउको विवरण:
    सि.नं. प्रदेश कुल प्रकाउ संख्या मुद्धा दर्ता संख्या सोधपुछ पश्‍चात छुटेको संख्या मुद्दा दर्ता गर्न बाँकी मुद्दा दर्ता भई छुटेको संख्या पुर्पक्षको लागी कारागार चलान अनुसन्धानको क्रममा
    १ प्रदेश १ २९२ २८५ ७ ० २४९ ३२ ४
    २ प्रदेश २ १२८ १२३ ४ १ ९७ २३ ४
    ३ बाग्मती २०४ १९५ ९ ० १९० २ ३
    ४ गण्डकी ३६९ ३४६ २३ ० ३४३ १ २
    ५ लुम्बिनी प्रदेश ३८२ ३७६ ६ ० ३६२ १३ १
    ६ कर्णाली प्रदेश १५७ १३९ १८ ० १३१ ७ १
    ७ सुदुरपश्चिम प्रदेश २१५ २०३ १२ ० १७६ २६ १
    ८ उपत्यका ३५१ ३४० ११ ० ३१६ २२ २
    जम्मा २०९८ २००७ ९० १ १८६४ १२६ १८
    प्रकाशित मिति: बिहीबार, फागुन २०, २०७७, ११:५६:००

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij