आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रधानमन्त्री ओलीले गरे ४६ अर्ब लागतको सुनकोशी–मरिन डाइभर्सन आयोजनाको शिलान्यास

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन २०, २०७७



  • सिन्धुली, । प्रधानमन्त्री केपी ओलीले सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास गर्नुभएको छ ।

    बिहीबार सिन्धुलीको कमलामाई नगरपालिकाको कुसुमटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले शिलान्यास गर्नुभएको हो ।

    राष्ट्रिय गौरवको आयोजना रूपमा निर्माण गर्न लागिएको यस परियोजना सिँचाईमा केन्द्रित भए पनि डाइभर्सन गरेर मरिनमा खसालिएको पानीबाट २९ मेगावाट बिजुली पनि उत्पादन गरिने छ ।

    २ नम्बर प्रदेशको कृषि क्षेत्र सुधारको अभियानको रूपमा व्याख्या गरिँदै आएको सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका लागि सरकारले आर्थिक वर्ष ०७७/७८ को बजेटमा दुई अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ ।

    बागमती प्रदेशको जलस्रोतलाई प्रदेश २ मा पुर्‍याएर कृषि उत्पादन बढाउने उद्देश्य लिइएको आयोजनाको कूल लागत ४६ अर्ब लाग्नेछ ।

    आयोजनामा तामाकोशी र सुनकोशी मिसिने स्थानभन्दा ७ सय मिटर तल बाँध बाँधेर सुनकोशीको पानी मरिनमा खसालिने छ । यसका लागि १३ किलोमिटरको सुरुङ बनाउनुपर्ने हुन्छ ।

    मरिनमा खसालिएको पानी ४० किलोमिटर तल वाग्मती सिँचाई आयोजनाको नहरमार्फत थप एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा पुर्‍याइने योजना सरकारको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij