प्रकाशित मिति : शुक्रबार, फाल्गुन २१, २०७७
काठमाडौं। सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएपछि गृह मन्त्रालयले हिरासतमा रहेका नेता कार्यकर्तालाई छाड्न परिपत्र जारी गरेको छ।
मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र मार्फत प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पु¥याएर छाड्न निर्देशन दिएको गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए।
उनका अनुसार शुक्रबारसम्म उक्त समूहका उपल्ला नेताहरुमा धर्मेन्द्र बास्तोला, वीरजंग चन्द, ओम पुन र माइला लामालगायतलाई छाड्ने तयारी रहेको छ।
यस्तै, अन्य मुद्दाको हकमा जिल्ला सरकारी वकिलसँग समन्वय र सहजीकरण गर्न समेत निर्देशन दिइएको छ।
उनले भने, ‘प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पु-याएर छाड्न आजै निर्देशन भइसकेको छ, शुक्रबार सम्ममा चारजना नेतालगायत छाड्ने तयारी छ, अन्यको हकमा सहजीकरण हुन्छ, अन्य उपल्ला नेतालगायतहरु सबै अहिले नै छोड्ने भन्ने नहोला, अदालतमा विचाराधीन भएको हकमा सहजीकरण हुन्छ।’ गाेरखापत्र दैनिकबाट
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij