आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कोरकटर मेसिनद्वारा कालोपत्रको गुणस्तर जाँच

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन २१, २०७७



  • कर्णाली । पूर्वाधार विकास निर्देशनालय कर्णाली प्रदेशले राजधानी सुर्खेतमा कालोपत्र गरिएका सडकको गुणस्तर जाँच शुरु गरेको छ। निर्देशनालयले कर्णालीमै पहिलोपटक कोरकोटर मेसिनले पक्की सडकको गुणस्तर मापन गर्न थालेको हो।

    यसअघि बनेका सडक बनेको दुई/तीन महिनामै कालोपत्र उप्कने र बाहिर आँखाले मात्र गरिएको अवलोकनले गुणस्तरको वास्तविकता थाहा नभएकाले चालु आर्थिक वर्ष २०७७/७८ बाट कोरकटर मेसिनबाट कालोपत्र सडकको गुणस्तर जाँचकार्य शुरु गरिएको पूर्वाधार विकास निर्देशनालय सुर्खेतका निर्देशक वासुदेव पौडेलले जानकारी दिए।

    “सडक कालोपत्र भएको एक हप्ताभित्रै हामीले कोरकटर मेसिनबाट गुणस्तर जाँच गर्छौँ”, निर्देशक पौडेलले भने, “यसले निर्माण व्यवसायीले मापदण्डानुसार सडक पक्की गरे/नगरेको बेलैमा जानकारी हुन्छ।” उनले पक्की सडकको मोटाइ चार सेन्टिमिटर हुनुपर्ने र कालोपत्र गरिएको सडकको गुणस्तर जाँच गर्दा मापदण्डअनुसार हुनुपर्ने बताए।

    आधुनिक मेसिनबाटै पक्की सडकको गुणस्तर जाँच शुरु गरिएकाले अब निर्माण व्यवसायीले कमजोरी गर्न नपाउने र त्यसो गर्नेलाई छुट पनि नहुने उनको भनाइ थियो। निर्देशक पौडेलका अनुसार कर्णालीमा निर्माण हुने पक्की सडकका लागि अब कोरकटर मेसिनबाटै गुणस्तर नापिने छ।

    बिहीबार निर्देशनालयले वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेत इत्रामबाट मूलबजारसम्म जोड्ने सडकमा गरिएको कालोपत्रको तीन स्थानमा कोरकटर मेसिनबाटै गुणस्तर मापन गरेको थियो। चालु आवको असार मसन्तसम्म प्रदेश राजधानी सुर्खेतमा ३२ किलोमिटर सडक कालोपत्र गरिने निर्देशनालयले जनाएको छ।रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij