आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

महेन्द्र सिंह धोनी सर्वोत्कृष्ट गाईपालक किसानको रुपमा सम्मानित

  • प्रकाशित मिति : आइतवार, फाल्गुन २३, २०७७



  • काठमाडौं। भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनीले क्रिकेटपछि अब कृषि क्षेत्रमा पनि उल्लेख्य प्रगति गरेका छन् । धोनीलाई पूर्वी भारतका सर्वोत्कृष्ट गाईपालक किसानको रुपमा सम्मान गरिएको छ । बीरसा कृषि विश्वविद्यालय (बीएयू) को किसान मेलामा उनलाई उक्त पुरस्कार प्रदान गरिएको थियो। पूर्वी भारतका किसानहरू यो मेलामा जुटेका छन् ।

    शुक्रबार झारखण्ड विधानसभाका अध्यक्ष रविन्द्रनाथ महतोले धोनीका प्रतिनिधिको रुपमा उनका कर्मचारी कुणाल गौरवलाई सम्मान गरेका हुन् । महतोले यो आफ्नो लागि गर्वको क्षण भएको पनि बताए । अवार्ड लिएपछि कुणाल गौरवले धोनीले अहिले ७३ वटा गाईपालन गर्दै आएको बताए । धोनीको फार्ममा फ्रेजियान र साहिवाल गाईहरु छन् । यी गाईहरु पंजाबबाट ल्याइएका हुन् । यी गाईहरुबाट दिनहुँ ४०० लिटर दूध उत्पादन हुन्छ । काउण्टरबाट गाईको सबै दुध बिक्री हुन्छ । राँचीको लालपुरस्थित इज फार्मबाट दूध बिक्री गरिन्छ । फ्रेन्जियन गाईको दूध ५५ रुपैयाँ प्रतिलिटर र सहिवाल गाईको दूध प्रतिलिटर ८५ रुपैयाँमा होम डेलिभरी गरिन्छ ।

    धोनीले गाईको पनि सेवा गर्ने गरेको गौरवले बताए । गाईहरुको खानपानबारे धोनीले निरन्तर निगरानी गर्छन् । उनी प्रत्येक लिटर दूधको समेत अभिलेख राख्छन्। धोनीको फार्ममा ३०० गाई राख्ने ठाउँ छ । यसबाहेक धोनी राम्रो प्रजातिको गाई विकास गर्ने तयारी पनि गरिरहेका छन् । स्थानीय किसानहरूलाई पनि यी प्रजातिका गाई उपलब्ध गराउने बताइएको छ । दूधबाहेक धोनीले अर्गानिक तरकारी खेती पनि गरिरहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij