प्रकाशित मिति : मङ्लबार, फाल्गुन २५, २०७७
विप्लव र केपी सरकार विच भयको ३ बुँदे सहमति समाज परिवर्तनका लागी नभै प्राविधिक मात्र छन। सार्वजनिक हुनु , बन्दीहरू छुटाउनु र समझदारीमा अगाडी बढने जस्ता कुरामा सहमतिले केपीले विप्लवका हतियार र पी.एल.ए. पनी खोजेनन् तथा विप्लवले पनी कुनै राजनैतिक माग राखेनन्। प्रतिबन्ध अगाडीको दिन प्राप्त गर्नु सबै भन्दा ठुलो विप्लवका लागि राजनैतिक उपलब्धि रहेको छ।
वैज्ञानिक समाजवादी बाटो अवलम्वन गरेका विप्लवले एकीकृत जनक्रान्तिको कार्यनीतिक कार्यदिशा तय गरेका थिए क.प्रचण्डको नेतृत्वमा अगाडी बढाइएको कार्यदिशा दक्षिणपन्थी संशोधनवादी मान्दै जनयुद्ध र जनआन्दोलनको बलमा प्राप्त गणतन्त्र नेपालको संवैधानीक उपलब्धिहरूलाई धोकाको संज्ञा दिए। के हामीहरूलाई विस्वास दिलाउन सफल होलान् क.विप्लव यो भन्दा अग्रगामी कार्यक्रम लिएर जनताविच जाने र प्रचण्डलाई सराप्दै उनलाई सहयोग गर्न हिड्नेगरी ? समग्र आन्दोलन कै नेतृत्व हुनुको नाताले पनी आफुलाई रुपान्तरण गर्न आवश्यक पर्नेछ, जो नेपाली राजनितीको मुल र ऐतिहासिक आवसयकता वनेको छ।
६१/६२ बाट तीव्ररुपमा अगाडी वढेको महत्वाकांक्षा घुमफिर गर्दै रुम्जाटार आउन धेरै समय लागेन। हामीहरूलाई विस्वास लाग्नु पर्छ, इतिहासमा हामीहरू संगै जनयुद्धमा थियौ र अब पनी समाजवाद उन्मुख जनताको जनवादमा एकताबद्ध भएर जानलाई कुनैपनि आग्रह र पूर्वाग्रहको योग देखीनेछैन। नेतृत्वले गर्ने कमजोरीहरू सच्याउनु भनेकै समाजलाई सच्याउनु र बदल्नु संग जोडीएको विषय हो जो कुरा भौतिकवादीहरुका लागि आवस्यक सर्तभित्र पर्दछ।
३ दशक देखि नेपाली राजनिती क.प्रचण्डकै नेतृत्वमा निर्देशित भएर आजको अवस्थामा आईपुगेको छ यस घडीमा यस कुरालाई लत्याएर हीडने ब्यक्ती वा समूह एकहदसम्मको अज्ञानी भन्दा फरक पर्दैन। २१ औ शताब्दीमा संसारभर प्रतिक्रान्ति रोक्न नसकीएला तर नेपालमा प्रतिगामी केपी सरकारलाई अपदस्त गरि नयाँ सरकार गठनका लागि क.प्रचण्डको नेतृत्वमा सफलता मील्दैछ।
धेरै ठुलो महत्वाकांक्षा नराखी मात्राबाट गुणमा पुग्ने द्धन्दात्मक भौतिकवादी दृष्टिकोण अंगाल्नु आजका हामि कम्यूनिष्टहरूको दायीत्व वनेर आएको छ।जस्लाई समग्र आन्दोलनको रुपमा नबुझी विघटनतिर उन्मुख विप्लव,वैध,बाबुराम लगाएत सम्पूर्ण नेतृत्व तथा शक्तिहरू एकिकृत हुनु आजको आवसयकता हो।।
* भीम ब वली बवई ४ हापुरे दाङ *
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij