आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

देउवासँग प्रचण्डको प्रस्तावः ओली सरकारविरुद्ध सहकार्य गरौं

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन २५, २०७७



  • काठमाडौं। नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुढानिलकण्ठ पुगेर प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई भेटर एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध सहकार्य गर्ने प्रस्ताव गरेका छन्।

    मंगलबार ४ बजेपछि बुढानिलकण्ठ पुगेका प्रचण्ड र देउवाबीच करिब आधा घण्टा पछिल्लो राजनीतिक अवस्था र संसदमा दलीय अवस्थाबारे छलफल भएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

    स्रोतका अनुसार छलफलका क्रममा प्रचण्डले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सहकार्य गर्नुपर्ने प्रस्ताव गरेका थिए।

    तर, सभापति देउवाले सो विषयमा ठोस जवाफ नदिएको जनाइएको छ। प्रवक्ता विश्वप्रकाश शर्माले सत्ता समिकरणबारे छलफल भएको पुष्टि गरे। तर, कस्तो समिकरण भन्ने विषयमा भने उनले केही खुलाएनन्।

    सर्वोच्च अदालतले तत्कालिन एमाले र माओवादी केन्द्रबीचको एकीकरणपछि बनेको नेकपालाई खारेज गर्दै एमाले र माओवादीलाई ब्युँताइदिएपछि वर्तमान सरकार गठबन्धन सरकारमा परिणत भएको छ। र माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए सरकार अल्मतमा पर्नेछ।

    प्रतिनिधिसभामा एमालेको १२० सिट छ। बहुमतका लागि १३८ सिट आवश्यक पर्छ। तर, जनता समावादी पार्टी र एमालेबीच सत्ता साझेदारी गर्न कार्यदल बनेको खुलासा भएसँगै माओवादीले समर्थन फिर्ता लिए पनि ओली सरकारलाई कुनै समस्या नपर्ने देखिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij