आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कम्युनिष्ट त कांग्रेसभन्दा पनि खत्तम रहेछन् : दीपक मनाङे

  • प्रकाशित मिति : बुधबार, फाल्गुन २६, २०७७



  • पोखरा । गण्डकी प्रदेशसभाका स्वतन्त्र सांसद तथा वामदेव गौतम नेतृत्वको नेकपा एकता अभियानका केन्द्रीय सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङेले नेकपाको अहिलेको अवस्थाबारे आफूलाई दुईवर्ष अगावै थाहा भएको बताएका छन् ।

    सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम ऋषि कट्टेललाई दिने फैसला गरेको छ ।

    तर, सत्तारुढ नेकपालाई मान्यता नदिई सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताएको छ । जबकी यी दुवै नाम अन्य व्यक्तिहरुले निर्वाचन आयोगमा दर्ता गरिसकेका छन् ।

    सर्वोच्च अदालतको उक्त पैmसलापछि प्रदेश सांसद मनाङेले अहिलेको अवस्था आउने आफूलाई उतिबेलै थाहा भएको तर पत्यार नलागेको जनाएका छन् ।  कुराकानीमा उनले भने, “मलाई साढे दुइवर्ष अगाडि केही मान्छेले यही गेम हुन्छ भनेर भनेका थिए, विदेशीले  । मलाई चुनाव जितेपछि आएर भेटेर भनेका थिए । सहयोग गर्नुपर्‍यो भनेका थिए । त्यत्रो दुइतिहाई ल्याएको कहाँ यस्तो हुन्छ भनेर पत्याएको थिइन मैले त । यो पार्टी त एकदमै फटाहा रहेछ ।”

    ज्नताले राम्रो सहयोग गरेर दुइतिहाई नजिक पुर्‍याउँदा पनि नेकपाका नेताहरु पैसाको पछि लागेका कारण अहिलेको अवस्था आएको उनले बताए ।

    “जनताले राम्रो सहयोग गरेका थिए । तर, यिनीहरुको इन्टेसन पैसाको लागि रहेछ के, पैसाको लागि जे पनि गरिदिने । अस्ति यिनीहरु फुटेपछि मलाई यति घिन लाग्यो ।”

    नेकपा फुटपछिको गतिविधी हेर्दा यो पार्टी कांग्रेसभन्दा पनि खतम रहेको उनले बताए ।

    “हामीले त कम्युनिष्टलाई एकदम राष्ट्रवादी भन्थ्यौँ नि त पहिला । कहाँ, यिनीहरु त कांग्रेसभन्दा पनि खतम हुँदारहेछ । बरु कांग्रेस यस्तो हुँदैन । कांग्रेस फुट्दा अर्कै गेम भएको थियो, यिनीहरु त टोटल पैसामात्रै ।”

    उनी ०७४ को प्रदेशसभा निर्वाचनमा तत्कालीन एमालेबाट मनाङ ‘ख’ मा निर्वाचन लड्न खोजेका थिए । तर, चौतर्फी विरोध भएपछि उनले स्वतन्त्रमा उमेदवारी दिए । पछि, एमालेको आधिकारिक उमेदवारलाई मनोनयन फिर्ता लिन लगाएर एमालेकै समर्थनमा उनले चुनाव जितेका थिए ।

    तर, त्यतिबेला जनताको चाहना अनुरुप नै आफू एमालेबाट लड्न तयार भएको तर पैसा खाएर आफ्नो टिकट बेचिएको हुनसक्ने उनले आशंका गरे ।

    “मैले त होइन, मनाङको जनताले अलगअलग नगरौँ, अलग हुँदा नराम्रो देखिन्छ । त्यति विश्वास पनि हुँदैन । एमालेबाट लडौँ भने, मैले लड्न मिल्दैन भन्न पनि मिलेन । तर, पछि मलाई टिकट दिएनन्, मेरो टिकट पनि बेच्दिए होलान के,” उनको भनाई छ ।

    बार्हखरीबाट साभार।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij