आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ओली सरकारलाई सघाउन जसपाका ४ शर्त

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन २७, २०७७



  • काठमाडौं। नेकपा एमाले र जनता समाजबादी पार्टी (जसपा) बीच बुधबार वालुवाटारमा भएको वार्तामा जसपाले एमाले वार्ता टोलीसमक्ष चार शर्त अघि सारेको छ। ती सर्तहरु मानेमा जसपाले केपी ओली सरकारलाई समर्थन गर्ने जनाउ दिएको छ।

    जेलमा रहेका सांसद रेशम चौधरीको तत्काल रिहाई, मधेश आन्दोलनमा क्रममा जसपा नेता कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता, नागरिकता विधेयकमा रहेको वैवाहिक अंगिकृत सम्बन्धि सातबर्षे प्रावधान खारेज र संविधान संशोधन कार्यदल गठन जसपाले राखेका शर्तहरु हुन्।

    दुईपक्षबीच बुधबार वालुवाटारमा भएको छलफलमा पहिलो, दोश्रो र तेश्रो बुदाँमा सहमति नजिक पुगिएको बताइएको छ। चौथो बुदाँ अर्थात संविधान संशोधन कार्यदलका बनाउने बारेमा भने आगामी बैठकमा छलफल हुनेछ। छलफलमा एमालेका तर्फबाट नेताहरु सुवास नेम्बाङ, बिष्णु पौडेल र डा राजन भट्टराई र जसपाको तर्फबाट नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल सहभागि थिए।

    जसपाले कैलालीको टिकापुर हत्याकाण्डमा अदालतबाट दोषी प्रमाणित हाल जेलमा रहेका सांसद रेशम चौधरीलाई फास्टट्र्याकबाट रिहाइ गर्ने प्रकृया शुरु गर्न बिशेष जोड दिइरहेको छ। साथै वैवाहिक अंगिकृतलाई नागरिकता दिने सम्बन्धमा पनि अन्तरिम संविधानको प्रावधान नै नयाँ नागरिकता विधेयकमा राख्नका लागि समेत जसपाको माग रहेको छ।

    शर्तहरु तत्काल पुरा भएको खण्डमा जसपाले अहिले केपी ओली सरकारलाई समर्थन गर्ने र चुनावी सरकारमा भने सहभागिता नै जनाउने आश्वासन दिएको जानकारी प्राप्त भएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij